देवानगञ्ज । नेपाल शिक्षक महासंघले असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरी आन्दोलन गर्ने घोषणा गरेको छ । संसदमा पेश गरिएको विद्यालय शिक्षा ऐन २०८० मस्यौदाको विरोधमा महासंघले आन्दोलनको घोषणा गरेको हो । आन्दोलनको कार्यक्रम अन्तर्गत असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरेर काठमाडौँ केन्द्रित भएर सडक आन्दोलन गर्ने घोषणा गरेको हो । […]
देवानगञ्ज । सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ४ हरिनगरा स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र प्राङ्गणमा जिवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड हरिनगर शाखाको आयोजनामा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । हरिनगरा प्राथमिक स्वास्थ्य केन्द्र सह-आयोजक रहेको उक्त शिविरमा रामलाल गोल्छा आँखा अस्पताल, बिराटनगरले प्रविधिक सहयोग गरेको थियो । बिहिबार सम्पन्न भएको उत्त नि: […]
देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता सहित अन्य दुई जना कुश जयन्तीको अवसरमा सम्मानित भएका छन् । नेपाल कुशवाहा कल्याण समाजको जिल्ला सदस्य एवं नेपाल कुशवाहा बिधार्थी कल्याण समाजको सल्लाहकारका साथै जनता समाजवादी पार्टीको तर्फबाट देवानगञ्ज गाउँपालिकाको अध्यक्षमा निवार्चित भएका बेचन प्रसाद मेहताले समाजमा विभिन्न क्षेत्रमा काम गरेर पुर्याउएको उच्च […]
देवानगञ्ज । कोशी प्रदेश स्थिति सुनसरीको देवानगञ्ज गाउँपालिका २ नम्बर वडा कार्यलयले वडा भित्र रहेको मठ, मन्दिर, मस्जिद र मदरसालाई व्यवस्थित गर्न दर्ता नविकरण भए/नभएको लगायत उक्त मठ, मन्दिर, मस्जिद, मदरसाहरुको नाममा रहेको चल अचल सम्पत्तिको विवरण एक महिना भित्र बुझाउन सुचना जारी गर्दै माग गरेको छ । वडा कार्यालयमा यकिन विवरण न हुँदा मनोमानी […]
देवानगञ्ज । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा आज सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षा गर्नका लागि बीमा आवश्यक भएकाले गाउँपालिकाले नीति तथा कार्यक्रममा बीमालाई समावेश गरी अगाडि बढी रहेको जानकारी गराएका थिए […]
हरिनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले २० औँ निजामती सेवा दिवसका अवसरमा उत्कृष्ट निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । २० औं निजामती सेवा दिवसको अवसरमा जिल्ला मूल समारोह समिति तथा जिल्ला प्रशासन कार्यालय सुनसरीले उत्कृष्ट कर्मचारी नायव सुब्बा मनु पोखरेल सहित सात जना कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । […]
हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका स्थित इलाका प्रशासन कार्यालय हरिनगराको नयाँ प्रसासनिक भवनको उद्घाटन गरिएको छ । साह जेवी कन्ट्रक्सन प्रालिले भवन निर्माणको काम तोकिएको समयमा नै निर्माण सम्पन्न गरेकाले उद्घाटन गरिएको हो । विस २०७८ जेठ ५ गते भएको सम्झौता अनुसार दुई करोड १३ लाख लागतमा भवन निर्माणको काम २०८० जेठ २ गते सम्पन्न […]
भण्टाबारी । कोसी गाउँपालीकाले सप्तकोसी नदिबाट आफ्नो ज्यानको प्रवाह नगरी डुब्न लागेका व्यक्तिको उद्धार गर्ने स्थानीय चन्दर मुखियालाई सम्मान गरेको छ । मानवताका निम्ति उनले खेलेको भूमिकाको उच्च प्रशंसासहित उनलाई सम्मान-पत्र सहित खादा ओढाएर मंगलबार एककार्यक्रमका बीच कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले सम्मान गरेका हुन । कोसी ब्यारेज भई यात्रा गर्ने क्रममा दुर्घटनामा परी सप्तकोसी […]
देवानगञ्ज । बालबालिका देशको कर्णधार भएकाले उनीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सुविधा सम्पन्न शिक्षालय हुनुपर्ने सांसद भगबती चौधरीले बताएकी छन् । सामुदायिक विद्यालयहरुको शैक्षिकस्तर सुधार्न तीनै तहका सरकारले विशेष जोड दिनुपर्ने बताउँदै चौधरीले विद्यालयको पूर्वाधार, शिक्षकहरुको गुणस्तर राम्रो भए विद्यार्थीहरुले पढ्न सक्ने पनि बताइन् । गृहजिल्ला सुनसरी निर्वाचन क्षेत्र नं. ३ को बर्जु गाउँपालिका वडा […]
हरिनगर । नेकपा एमालेकी सांसद भगबती चौधरी एसियाकै ज्योती भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीको स्थलगत निरीक्षण र अध्ययनमा पुगेकी छन् । शुक्रबार पूर्वमन्त्री समेत रहेकी सांसद चौधरी लुम्विनीको मायादेवी मन्दिर तथा तिलौराकोटको राजा सुद्धोधनको दरबार क्षेत्रको अवलोकन गरेकी हुन् । सुनसरी निर्वाचन क्षेत्र नं. ३ गढी गाउँपालिकामा बौद्ध मोनास्टिक निर्माण कार्य अगाडी बढाई रहेकी चौधरीले […]