हरिनगर । धनकुटामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। महालक्ष्मी नगरपालिका ५ बस्ने ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय रामबहादुर कटुवाल पक्राउ परेका हुन्। उनीहरूलाई लेगुवाबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो पक्राउ गरेको हो। घरमा कोही नभएको बेला सोमबार दिउँसो बालिकामाथि बलात्कार गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई […]
हरिनगर । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ को पहाडी गाउँमा अवैध रूपमा लगाएको लागुऔषध गाँजाको बोट प्रहरीले फडानी गरी नष्ट गरेको छ । लागुऔषध दुर्व्यसन विरुद्धको अभियान अन्तर्गत अवैध रूपमा लगाएका गाँजाका बोटहरू नष्ट गर्ने अभियान अनुसार सोमवार वडा नं १ को सुर्यकुण्ड, धिताल बारी लगायतका विभिन्न १६ वटा स्थानहरूमा अवैध रूपमा लगाइएका डाँडा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, मुख्यसचिव वैकुण्ठ अर्याल, परराष्ट्र मन्त्रालयका अधिकारी र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरु पनि सहभागी भएका थिए । महासचिव गुटेरेसले आइतबार नै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउदसँग पनि […]
हरिनगर । प्रहरीले धनकुटा र उदयपुर जिल्लामा गाँजा खेती नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । ती जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाएको र प्राकृतिक रूपमा डाँडा पाखामा हुर्केका गाँजाको बोट प्रहरीले नष्ट गर्दै आएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको हो । प्रदेश प्रहरीको ‘सुरक्षा सुनिश्चितता अभियान २०८०’ कार्यक्रम अनुसार अवैध रूपमा लगाएका गाँजाका […]
विराटनगर । कोशी प्रदेशको १४ जिल्लामा यसपटक दशैंमा तुलनात्मक रुपमा शान्तिपूर्ण रुपमा मनाइएको छ । विगतको तुलनामा दशैँ शान्तिपूर्ण भएको र कुनै अप्रिय घटना नभएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सामाजिक अपराध नभएको कोशीमा दशैभर सवारी दुर्घटनामा भने १७ जनाको मृत्यु भएको छ । ठूला अपराधिक घटना, चोरी डकैटी नभएको प्रदेश प्रहरी कार्यालयले […]
मानव सभ्यताको विकाससँगै मानव जीवनमा शिक्षा र वित्तीय साधनको महत्व बढदै गएको पाइन्छ।मानव समाजको विकासले मानिसलाई सभ्य, शिक्षित, सुन्दर, सामर्थवान, प्रभावशाली हुने महत्वकांक्षा जागृत गराउदै आएको देखिन्छ। यी सवै मान्यता भन्दा पनि कठोर र कठिन कुरा त के हो भन्ने मानिसको जन्मपूर्व देखि मृत्यु प्रयन्त सम्म नै आर्थिक पक्षले आफ्नो भुमिका निरन्तर बढाउदै गएको छ […]
हरिनगर । नचनिया प्रिति पासवान र उनका नचनीय टिममाथि दर्शकहरुले ढुँगामुढा र चप्पल जुत्ता प्रहार गरेको छ । सोमबार धनुषाको सबैलामा नाच्न आएकी नचनिया पासवान र उनका नाच टोली उपर मेला हेर्न आएका दर्शकहरुले चप्पल जुत्ता र ढुँगामुढा प्रहार गरेको हो । जानकारी अनुसार, पासवानले उच्छृँग डान्स, अश्लिल हाउभाउको डान्सले उत्तेजित भीडले उनीमाथि ढुँगामुढा, चप्पल जुत्ता […]
काठमाडौं । दशैंभर देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहने जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक असर परे पनि सामान्यतया मौसम सफा रहने छ । मौसमविद् रोजन लामिछानेका अनुसार आज दिउँसो देशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको […]
हरिनगर । आज वडा दशैंको मुख्य दिन विजयादशमी, आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरूप टीका, जमरा थापी मनाइँदै छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरूप टीका र जमरा थापेर मनाइन्छ । घटस्थापनाका दिन विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आज […]
देवानगञ्ज । पर्वतमा गाई भैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ। जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो। गाउँपालिकालाई पशुपालनका माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले तीन वर्षदेखि सञ्चालन गरिएको सुत्केरी गाईभैँसीलाई पोषण भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएकाले यस वर्ष पनि निरन्तरता दिइएको पालिका कार्यालयले जनाएको छ। कृत्रिम गर्भाधानका माध्यमबाट गाईभैँसीको […]