देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नं. – ३ स्थित रहेको श्री माध्यमिक विद्यालय पाँचौसिम्मरका सुकुम्बासी समुदायका विद्यार्थीहरुलाई न्यानो लुगा बितरण गरिएको छ । जन्मथलो देवानगञ्ज भएको तर हाल अमेरिकी नागरिक भएर अमेरिकामा बसोवास गर्दै आइरहेका दुई सहयोगी युवाहरु प्रमोद मेहता र प्रकाश मेहताकोको आर्थिक सहयोगमा हिन्दू स्वयंसेवक संघ नेपाल, देवानगञ्जको आयोजनामा सुकुम्बासी […]
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका ६ को वीपी आधारभुत विद्यालयले आफ्नो बार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले वर्षभरी गरेको कार्यक्रम, उपल्बधीहरु र देखिएका चुनौती तथा अगामि दिनमा चाल्नुपर्ने कदमको विषयमा सार्वजनिकिकरण सहित सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयले आर्थिक आयव्यय सहित सामाजिक लेखाजोखा सहितको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको प्रधानाध्यापक ब्रहमदेव […]
बिराटनगर । समाज सेवामा सक्रिय रहेका अभिषेक गिरिले कोसी अस्पतालमा उपचाररत कैदीबन्दीलाई कम्बल वितरण गरेका छन् । गिरिले बिहीबार आफ्नो गिरि फाउन्डेसनमार्फत कैदीबन्दीलाई जाडोमा न्यानो आभास दिलाउन कम्बल वितरण गरेका हुन् । मोरङ कारागारबाट उपचारका लागि कोसी अस्पतालमा भर्ना भएका कैदीबन्दी कम्बल अभावका कारण चिसोको सिकार भइरहेको गुनासो आएपछि न्यानो कम्बल वितरण गरिएको गिरिको भनाइ […]
बिराटनगर । जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार पठाइएको हो । जानकी मन्दिर प्राङ्गणमा आज आयोजित विशेष समारोहमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र […]
काठमाडौँ । निजी क्षेत्रबाट सञ्चालित विद्यालय पाँच वर्षभित्र सरकारलाई सुम्पिनुपर्ने प्रस्तावित विद्यालय शिक्षा विधेयकमा उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालले आपत्ति जनाएका छन् । सरकार र सांसदहरू संविधानले तय गरेको व्यवस्थाभन्दा माथि रहेको भन्दै उनले संवैधानिक सीमा ननाघ्न सरकार र सांसदहरूलाई आग्रह गरे । ‘बाहिर भूमिका र योगदानको उच्च प्रशंसा गर्ने […]
विराटनर । इलामको रोङ गाउँपालिकामा गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान चलिरहेको छ । सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको छ । रोङ वडा नं ६ का दावा स्याङ्बोले एक सय ५० घारमा मौरीपालन गरेका छन् । करिब ४० वटाका दरले पाँचवटा छुट्टाछट्टै स्थानमा घार […]
बिराटनगर । धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्य विकास भाटीद्वारा पत्रकार रश्मि प्रधानको मोबाइल खोसेर हातपात गरेका छन् । प्रधान ‘कपुरी न्युज’मा आबद्ध छिन भने उनी पत्रकार नेपाल पत्रकार महासङ्घ सुनसरीकी साधारण सदस्य समेत हुन । धरान उपमहानगरपालिकाले पब्लिक हाई स्कुल मैदानमा आयोजना हुने ‘धरान डे मेलाका लागि टेण्ट हाउले पण्डालको स्टल बनाउँदै छ । सोमवार दिउँसो […]
दाङ। दाङमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि आक्रोशित भीडले प्रहरीको गाडी तोडफोड गरेका छन्। सोमबार अपराह्न तुलसीपुर उपमहानगरपालिका-१८ झिँगे नजिकै तुलसीपुर-घोराही सडकखण्डमा सार्वजनिक बसले ठक्कर दिँदा बालकको मृत्यु भएको हो। घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको भे १ ख ३६९७ नम्बरको बसको ठक्करबाट जनकल्यान मावी दुधरासमा कक्षा ३ मा पढ्ने ८ वर्षीय सागर चौधरीको घटनास्थलमै मृत्यु भएको हो। विद्यालय बिदापछि […]
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनामा कमजोरी भएको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सो घटनाबारे जानकारी दिँदै उनले तीन क्षेत्रमा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष सुनाएका छन्। घटना भएलगत्तै गृह र सुरक्षा निकाय बसेर कुन क्षेत्रमा कमजोरी […]
कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरले फरार अभियुक्त टेम्केमैयुङ गाउँपालिका वडा नं ५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई यही पुस १४ गते राति पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले अभियुक्त राईलाई ललितपुरमा बसोबास गर्दै गरेको अवस्थामा पक्राउ […]