०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

समाचार

लागुऔषध ब्राउनसुगर सहित २ महिला सहित ४ जना प्रहरीद्वारा पक्राउ

विराटनगर ।  लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर-१७ की १९ वर्षीय अनिता बैठा र विराटनगर–१६ की ३० वर्षीय सरस्वती गुरुङलाई विराटनगर-१५ बाट ब्राउनसुगर सहित पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार अनितालाई १९ दशमलव ३३ ग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो । सरस्वतीलाई सोही घटनामा संलग्न भएको आरोपमा १ थान […]

धरान । इटहरी–१ गङ्गा मार्गमा बस्ने देवीमाया खड्काले १४ वर्षअगाडि सिकेको ढाकाको सीपले अहिले उनी व्यवसायी बनेकी छन्। त्यो समयमा आफ्नै सिकाइले ढाकाको सारी बुन्न सिकेको उनी बताउँछिन् । छिमेकीले तान बुनेको देखेपछि उनले पनि घरमा तान बनाएर आफ्नै तरिकाले सारी बुन्न सुरु गरेकी थिइन् । यसरी सिकेको ढाकाको सीपले अहिले उनलाई व्यवसायी बनाएको छ । […]

बराहक्षेत्र । सुनसरीको  बराहक्षेत्र नगरपालिका वडा नम्बर  -१ बराहक्षेत्रस्थिति कोशी ब्यारेजको पुलबाट नदीमा हामफालेका एक जना पुरुषको सकुशल उद्धार गरिएको छ। बुधबार बिहान ९:३० बजेको समयमा अन्दाजी ६० बर्षीय पुरुष  नदीमा हाम फालेको खबर पाएपछि  तत्काल प्रहरी चौकी बराहक्षेत्रबाट  खटिएका प्रहरी र  स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको बराक्षेत्र प्रहरीकार्यलय जानकारी दिएको छ।  उद्धार गरिएका पुरुषलाई  […]

काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति डा. प्रह्लाद कार्कीलाई कालोमोसो दल्न खोज्नेहरूलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । कार्कीलाई मंगलबार बिहान करिब ११ः३० बजेको समयमा ३ जनाको समूहले प्रतिष्ठानको वर्तमान परिस्थितिको सम्बन्धमा छलफल गर्ने नाममा कालो मोसो दल्ने प्रयास जस्तो अमर्यादित क्रियाकलाप गरेको संघको भनाई छ । डा. सञ्जीव […]

विराटनगर । कोशी अस्पताल भित्र सञ्चालित औषधि पसलमा स्वास्थ्य बिमाको सुविधाका औषधि नपाउने गरेको जनगुनासो आएपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला औषधि पसलको सोमवार अनुगमन गरेका छन् । उपमेयर शिल्पा निराला कार्की सहित गरिएको अनुगमनमा मेयर कोइरालाले स्वास्थ्य बिमा सुविधामा उल्लेख भएका औषधि पसलमा भए नभएको निरीक्षण गरेका थिए । जनताको सुविधाका लागि सरकारले स्वास्थ्य […]

विराटनगर । समाजसेवी अभिषेक गिरिले स्थापना गरेको गिरि फाउन्डेसन र पारस मल्टिस्पेसियालिटी हस्पिटलबीच निःशुल्क स्वास्थ्य शिविर गर्नका लागि सहकार्य हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर विराटनगर महानगरपालिका-११ महेन्द्र चोकस्थित पारस मल्टिस्पेसियालिटी अस्पताल र गिरि फाउन्डेसनले संयुक्त रूपमा शिविरको आयोजना गर्नेगरी सम्झौता गरे । पारस हस्पिटलसँग विभिन्न समयमा निःशुल्क रूपमा शिविरको आयोजना गर्नेगरी […]

विराटनगर । समाजसेवी अभिषेक गिरिले स्थापना गरेको गिरि फाउन्डेसनले विराटनगरका दुइटा विद्यालयका विद्यार्थीहरूलाई स्वेटर र शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार फाउन्डेसनका अध्यक्ष गिरिले विराटनगर महानगरपालिका-८ का दुई सामुदायिक विद्यालयमा न्यानो कपडा स्वेटर र ह्वाइट बोर्ड वितरण गरेका हुन् । विराटनगर-८ स्थित मदरसा तालिमुल कुरआन माध्यमिक विद्यालयमा अध्ययनरत ४५ छात्रछात्रालाई स्वेटर वितरण गरे । […]

काठमाडौं । निजामति कर्मचारीले देशभर काम ठप्प पार्ने चेतावनीपछि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयभित्र कर्मचारी कुटपिट गर्ने प्रहरीको ड्युटी परिवर्तन गरिएको छ। गृहमन्त्रालयको निर्दैशनमा आइतबारबाट उनीहरुको ड्युटी परिवर्तन गरिएको हो। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा ती प्रहरीलाई हटाइएको हो। आइतबार दिउँसो उनीहरूको स्थानमा अन्य प्रहरीलाई ड्युटीमा खटाइएको गृहमन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायण […]

काठमाडौं । विज्ञापन बोर्डले सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ। बोर्डले आज आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरुको भूमिका’ विषयक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ जारी भएपछि यस क्षेत्रलाई नियमन र व्यवस्थित गरिएको बताएका। उनले विज्ञापनमा स्वदेशी कलाकारलाई प्रोत्साहन दिन […]

विराटनगर । प्रहरीले विराटनगर र दमकबाट शनिवार २ जनालाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ पर्नेमा विराटनगर-१२ का २३ वर्षीय शौरभ सोनी र झापाको दमक-९ का २६ वर्षीय पासाङ तामाङ छन् । प्रहरी अनुसार शनिवार बेलुका साढे ४ बजे विराटनगर-१५ एक नम्बर ढाटबाट लागुऔषध ब्युरो विराटनगरको प्रहरी […]