काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा संघबाट खटिने प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा र व्यवस्थापनको मापदण्ड ल्याउन अलमल गरेको छ । मंसिरमा नै तयार भएको मापदण्ड जारी गर्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले अझै रुचि देखाएकी छैनन् । प्रस्तावित मापदण्डमा दुर्गममा बसेकाहरुलाई सुगममा मौका दिने, सुगममा धेरै बसेकालाई दुर्गममा पठाउने […]
हरिनगर । नेपाल तरुण दल सुनसरीले सङ्गठन बिस्तार र सामाजिक सेवाको क्षेत्रमा सर्वोत्कृष्ट कार्य गरेको केन्द्रीय समितिले ठहर गरेको छ । केन्द्रीय समितिले आभार तथा धन्यवाद व्यक्त गर्दै तरुण दल सुनसरीको प्रशंसा गरेको हो । केन्द्रीय अध्यक्ष विद्वान गुरुङले मानव सेवा र सामाजिक क्षेत्रका कार्यहरूमा समर्पित तरुण दल सुनसरीले देशभरका तरुण साथीहरूमा उत्प्रेरणा प्रदान गरेको […]
सर्लाही । सर्लाहीको बलरामा एक युवतीको हत्या भएको छ। बलरा नगरपालिका-४ जब्दीका छोटेलाल सहनीकी पत्नी २१ वर्षीया पत्नी पुजादेवीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बुधबार राति आफ्नै घरभित्र पुजादेवी मृत फेला परेकी थिइन्। प्रहरीका अनुसार घटनापछि उनका पति र ससुरा जयनारायण सहनी फरार छन्। पुजादेवीकी सासु बनारसी देवीलाई भने पक्राउ गरिएको प्रहरीले […]
काठमाडौं । ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ-सेभेन (E-7) भिषामार्फत पनि नेपाली दक्ष कामदारको माग गरेको छ। इ सेभेन भिषामार्फत दक्षिण कोरिया नेपाली कामदार पठाउने विषयमा सरकारले छलफल अघि सारेको छ। इ सेभन भिषा भनेको कुनै निश्चित क्षेत्रमा विशेषज्ञता वा प्राविधिक सिप हासिल गरेका दक्ष कामदारहरुलाई दिइने भिषा हो। कोरियाले इ सेभेन […]
काठमाडौं । नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेका छन् । गैरकानुनी बाटो हुँदै इराक पुगेका नेपाली कामदार समस्यामा पर्दा धेरै खालको सास्ती झेल्नुपरेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार सरकारले प्रतिबन्ध लगाए पनि हजारौं नेपाली महिला मानव तस्करको जालोमा परेर भारतको बाटो हुँदै […]
धरान । उच्च अदालत विराटनगरले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा.प्रल्हाद कार्कीको नियुक्ति खारेज गर्नु नपर्ने आधार र कारणसहित प्रमाण पेश गर्न आदेश दिएको छ । कामु उपकुलपतिको नियुक्ति गैरकानूनी रूपमा भएको दाबीसहित खारेज गर्न माग गर्दै परेको रिट निवेदनको सुनुवाइ गर्दै उच्च अदालत विराटनगरकी न्यायाधीश ममता खनालको एकल इजलासले मङ्गलबार त्यस्तो आदेश […]
धरान । आफै उद्यमी बनेर आत्मनिर्भर बन्न चाहने महिलाहरूले धरानमा ऊनको सामाग्री बनाउने शिपमुलक तालिम पाएका छन् । कोशी प्रदेशका ४५ जना उद्यमशील महिलाहरूले १५ दिने तालिम पाएका हुन । तालिम नेपाल उद्यमशील महिला महासङ्घको आयोजना सञ्चालन भएको हो । सुनसरी उद्योग वाणिज्य सङ्घको हलमा माघ ३ देखि १७ गते सम्म तालिम सञ्चालित तालिम बुधवार […]
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर संस्था दर्ता भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार ‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ (यूएनडीओ) दर्ता गरेर सम्बन्धितलाई प्रमाणपत्र प्रदान गरेको छ । २९ पुस २०८० को परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ बमोजिम यूएनडीओ दर्ता गरी प्रमाणपत्र प्रदान गरिएको हो […]
जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा भारतबाट मान्छे बोलाएर बाँदर धपाइएको छ । गाउँमा बाँदरले धेरै दुःख दिन थालेपछि वडा कार्यालयले भारतको मथुराबाट ३ जना बाँदर धपाउन जान्ने व्यक्ति बोलाएको थियो । उनीहरुले एक महिनाको अवधिमा बस्ती वरपरबाट ५ सय बाँदर समातेर जंगलमा छाडेको वडाध्यक्ष अशोककुमार महतोले जानकारी दिए । तीन जनाले बाँदरलाई खोरमा पारेर […]
हरिनगर । पुल बनाउन खनेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ। चितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर रानाको निधन भएको हो। रूपन्देही घर भएका ३३ वर्षीय राना मंगलबार बेलुकी करिब ११ बजेतिर नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेका थिए। मोटरसाइकलमा सवार राना चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित पन्ध्र किलोस्थित […]