काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]
सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]
सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]
सुनसरी । लुम्बिनी प्रदेश सरकारका कर्मचारीहरूले जनताको करबाट सञ्चालन हुने सरकारी गाडीको निर्लज्ज दुरुपयोग गर्दै मदिरा र जुवामा मस्त भएको खुलासा भएको छ । दाङको राप्ती गाउँपालिका–५, भुल्केमा सरकारी नम्बर प्लेट भएका गाडी पार्किङ गरी मन्त्रालयका कर्मचारीहरू खुलेआम मदिरा सेवन गर्दै जुवा खेलिरहेको दृश्य सार्वजनिक भएको छ । बा २ झ १४१३, बिएए १२६१, बा […]
देवानगञ्ज । सुनसरीको स्थानीय तहका न्यायिक समितिहरू एक ठाउँमा एकीकृत भएर नयाँ अभ्यास थालेको छ । जिल्लाका १२ स्थानीय तहका उपप्रमुखहरूको नेतृत्वमा रहेको न्यायिक समितिहरूको मासिक अभ्यास तथा अन्तर्क्रिया गरेर सिकाइ आदानप्रदान गर्ने नयाँ अभ्यासको थालनी गरेको हो । एक स्थानीय तहको न्यायिक समितिले गरेको काम र अभ्यासहरू अर्को स्थानीय तहको लागि सिकाई हुने तथा […]
हरिनगर । सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिका लगायत अन्य स्थानिय तहमा यही चैत्र ७ गतेदेखि सञ्चालन हुन लागेको आधारभूत तह कक्षा ८ परीक्षाको सम्पूर्ण तयारी हरिनरमा पुरा भएको छ। आईतवार गाउँपालिकामा बसेको सरोकारवालाहरुको बैठकले बिभिन्न निर्णयहरु गर्दै परिक्षामा सहभागी हुने ८११ जना विद्यार्थीको लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका छन्। पालिका भित्रका ३ ओटा […]
बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]
बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]
देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]
विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगर स्थित रहेको गोल्डेन अस्पताल १४औं वर्षमा प्रवेश गरेको छ । विराटनगर–११ स्थित महेन्द्र चौक भन्दा पश्चिम तर्फ आफ्नै सुविधा सम्पन्न भवनमा सञ्चालनमा रहेकाे अस्पतालले दक्ष विशेषज्ञ डाक्टरहरुबाट सबै प्रकारका रोगको सस्तो, सरल तथा सुलभ दररेटमा उत्कृष्ट उपचार सेवा प्रवाह सँगै विद्यार्थीहरु लाई अध्ययन गराउने कलेज सञ्चालनमा ल्याउनु गोल्डेन अस्पतालको १४ […]