०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

एसियाड नवौं दिन नेपाल क्रिकेटको क्वाटरफाइनलमा, स्क्वासमा विपना विजयी

Logo
नमो अनलाईन प्रकाशित आइतबार, आश्विन १४, २०८०

तस्विर : फाईल

हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाडको नवौं दिन नेपालको पुरुष क्रिकेट टोलीले क्वाटरफाइनल यात्रा तय गरेको छ ।

आइतबार माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपाल समूह ए को विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नवौं दिनसम्म पदक विहिन बनेको नेपालले क्रिकेटमा भने समूह चरण पार्दै गर्दै पदकको आशालाई कायम राखेको छ ।

यसअघि मंगोलियालाई पराजित गरेको नेपाल समूह ए को विजेता बनेर क्वाटरफाइनल पुगेको हो । तुलनात्मक रुपमा कमजोर टोद्यीलाई पराजित गरेको नेपालले आगामी खेलमा भने टेष्ट राष्ट्रसँग खेल्नुपर्नेछ । तर विपक्षी निश्चित भइसकेको छैन ।

नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशमध्ये एक टिमसँग खेल्ने छ । यी चार टिमसहित वरीयताका आधारमा अफगानिस्तान सिधै सिधै क्वाटरफाइनल पुगेका हुन् भने नेपालसँगै तीन टिम पहिलो चरण पार गरेर क्वाटरफाइन पुग्नेछन् ।

समूह चरणको खेलहरु सोमबार सकिएपछि क्वाटरफाइनलको ड्र हुनेछ । क्वाटरफाइनल खेल मंगलबार र बुधबारलाई तय गरिएको छ ।

नेपालका कप्तान रोहित पौडेलले पदक जित्ने मानसिकतासहित आएको र त्यही अनुसार आगामी खेल खेल्ने बताएका छन् ।

उनले सबैले क्रिकेटलाई नियालिरहेको र त्यसमा पदक जित्न सके गर्वको क्षण हुने समेत बताएका छन् ।

जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको खेलमा अभिनाश बोहराले टी-२० आईमा ६ विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान समेत बनाए ।

स्क्वासमा विपना विजयी

एसियाडअन्तर्गत स्क्वास महिला सिंगल्सको अन्तिम ३२ मा नेपालकी विपना ब्लोनले थाइल्यान्डकी चुजित वारिट्साराबाट ११–७, ११–७, ११–८ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएकी छिन् ।

महिला सिंगल्समै कृष्णा थापा भने अन्तिम ३२ बाट बाहिरिएकी छिन् । बहिनी कृष्णा दक्षिण कोरियाकी जियान लीविरुद्ध ११–३, ११–०, ११–३ ले पछि परिन् ।

यसैगरी पुरुष सिंगल्सको अन्तिम ३२ मा नेपालका अमृत थापा कुवेतका अब्दुल अलमेयेनबाट ३–० को सेटमा पराजित भए । अमृत ११–४, ११–२, ११–५ ले पराजित भए ।

पुरुष सिंगल्सकै अन्तिम ३२ को खेलमा नेपालका अरहान्तकेशर सिम्ह मलेसियाका मोहमद अदिनसँग ११–५, ११–३, ११–३ ले पराजित भए ।

मिक्स टिम इभेन्टमा नेपाल हङकङसँग २–० ले पराजित भएको छ । नेपालका अमृत थापा मगर र स्वस्थानी श्रेष्ठको जोडी हङकङको चि हिम वोङ र का यी लिको जोडीसँग ११–१, ११–३ ले पराजित भयो ।

आर्चरीमा चारै खेलाडी छनोट चरण पार गर्न सफल

१९औं एसियाड अन्तर्गत आर्चरीको पहिलो दिन आइतबार नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरे । चारै खेलाडी पुरुषमा तिलक पुन मगर र योगेन्द्र शेरचन तथा महिलामा इमायुङ राई र मन्जु बजगाईं छनोट चरण पार गर्न सफल भए । चारैले व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

पुरुष व्यक्तिगत रिकर्भको ७० मिटरमा तिलकले ६ सय ३४ स्कोर गरे । सोही स्पर्धाको महिलामा मन्जुंले ५ सय ६ अंक जोडिन् । रिकर्भमा ७ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो ।

फुयाङ यिन्हु स्पोर्ट्स सेन्टरमा भएको व्यक्तिगत कम्पाउन्डको ५० मिटर दूरीको ७ सय पूर्णकङ्कमा पुरुषतर्फ ५२ वर्षीया योगेन्द्रले ६ सय २२ तथा महिलामा इमायुङले ६ सय ४७ को प्रदर्शन गरे । योगेन्द्र नेपालबाट सहभागी भएका सबैभन्दा पाका खेलाडी हुन् ।

एथ्लेटिक्समा फुलमतीको व्यक्तिगत टाइमिङ सुधार

एथ्लेटिक्स अन्तर्गत महिला १५०० मिटरमा नेपालकी फुलमती रानाले व्यक्तिगत टाइमिङमा सुधार गरेकी छन् । हान्झाउ ओलम्पिक सेन्टर स्टेडियममको ट्रयाकमा भएको स्पर्धामा फुलमतीले निर्धारित दूरी ४ मिनेट ३७.६४ सेकेण्डमा पूरा गरेकी हुन् ।

यसअघि उनले एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा ४ मिनेट ४९.७२ सेकेण्डको टाइमिङ निकालेकी थिइन् । यस विधामा राष्ट्रिय कीर्तिमान भने सरस्वती भट्टराईको नाममा छ । सरस्वतीले २०१६ मा रियो ओलम्पिकमा ४ मिनेट ३३.९४ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाको आयोजनामा पालिकास्तरीय ७औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बर्जु – ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेलमैदानमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायले गर्नु भयो । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद […]

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दैछ । ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे शुरु हुनेछ । दुई खेलमा दुवै खेल जितेको नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ चौथो नम्बरमा छ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा […]

इटहरि । सुनसरीको इटहरिमा जारि १४ औ कोशि प्रदेश स्तरिय अन्तर जिल्ला रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । तिन दिन सम्म संचालित खेल मा विभिन्न बिधामा बिभिन्न जिल्ला बाट उपस्थित खेलाडिहरु ले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै पुरस्कार जित्न सफल भएका छन् । क्रमशः बिधालय, स्थानिय पालिका, जिल्ला हुदै प्रादेशिक प्रतिस्पर्धा […]