
सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो।
देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु माथि नियमन गर्न लागिएको साफिले बताए।
विगत लामो समयदेखि कर्मचारी विहिन रहेको सहकारी शाखामा जिवछ पन्जियारलाई नियुक्त गरी पालिकाले सहकारीलाई नियमन गर्न लागेको हो।
सहकारी शाखाबाट गरिएको अनुगमनमा दर्ता भई संचालनमा रहेको पालिका भित्रका कोपोमिसमा आवद्ध भएका ३१ मध्ये २५ ओटा मात्र सम्पर्कमा आएको छ। त्यसमध्ये पनि धेरैले विधिपूर्वक संचालन नगरेको, नविकरण नगरेको, उदेश्य विपरितका कामहरू गरिरहेको पाइएको शाखा प्रमुख जिवछ पन्जियारले जानकारी दिनुभयो।
यता अनुगमन पस्चात राखिएको सहकारीहरु संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै पालिका अध्यक्ष बेचन प्रसाद मेहताले समयमा रितपूर्वक सहकारी संचालकहरुले सहकारी संचालन नगरे कार्वाही गरिने चेतावनी दिएका छन्। सहकारी सबै संग सहकार्य गरि संचालन गर्नुपर्नेमा त्यो अनुसार नगरिएको देखिएकोले त्यस्तालाई सच्चिन आग्रह गरेका थिए। सबैको सहकारी हुनुपर्नेमा केही सिमित व्यक्तिले संचालक समितिमा निमुखाहरुलाई राखेर एकलौटी रुपमा २०-२० बर्ष सम्म अध्यक्ष रही एकलौटी रुपमा संचालन गर्दै आइरहेकोले त्यसो नगर्न निर्देशन दिदै पछि केही समस्या भए पालिका त्यसमा जिम्मेवार नहुने बताए।
तेस्तै चैत्र २० गते पर्ने सहकारी दिवस पहिलो पटक देवानगञ्मा मनाउने भएको छ। त्यसका लागि समिति समेत गठन गरिएको जनाईएको छ।