०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै

Logo
नमो संवाददाता प्रकाशित शनिबार, आश्विन १९, २०८१

काठमाडौं। बडादसैं एवं नवरात्रको तेस्रो दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ।

घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदैछ ।

चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ। यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्छिन् । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ। चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ। असत्य माथि सत्यको विजय गरी आफुले गरेको कामको सिद्धि गर्न सक्ने, आफुले गरेको यज्ञलाई पूर्ण गर्ने वा शुद्ध गर्ने काम यस रुपमा नवदुर्गाले गरेकी छन् । तसर्थ नवमीको दिन शक्तिपिठ तथा देविको पुजा आरधना गर्नाले यज्ञ पूर्ण तथा शुद्ध हुने र सिद्धि प्राप्त हुने जनविश्वास रहि आएको छ ।

को हुन् देवी चन्द्रघण्टा ?

नवदुर्गाको तेस्रो रुप चन्द्रघण्टा हो । चार हातमा शंख, चक्र, गधा, पध्म बोकेकी यिनको मस्तकमा घण्ट आकारको अर्ध चन्द्रछ । यसर्थ यिनलाई चन्द्रघण्टा भनिएको हो ।

घण्टको अर्थ सञ्चार र चन्द्रको अर्थ फैलाउनु हुन्छ । यसर्थ चन्द्रघण्टाको अर्थ कुनै पनि समाचारको सञ्चार गर्नु भन्ने हुन्छ । देवीले यस रुपमा सकारात्मक, नकरात्मक कुराको छानविन गर्ने अन्य देवगणसँग छलफल र समन्वय गर्ने काम गरी छानविनको सन्देश दिने काम गरेकी छन् । तसर्थ सम्पूर्ण शक्तिपिठ तथा देविको मन्दिरमा सन्देश बाहकको रुपमा घण्ट राख्ने प्रचलन छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]