०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

शिक्षक र वडा सचिब विदामा एक बालकलाई कुटपिट गरेको खुलासा

पीडित परिवार भन्छन दोषीलाई कार्वाही होस
Logo
जयकृष्ण यादव प्रकाशित आइतबार, भाद्र १६, २०८१

तस्विर : नमो अनलाईन

सामान्यतया शिक्षक र सरकारी कर्मचारीको विदा भएको बेला के गर्नुहुन्छ ? भन्दा तपाई हाम्रो उत्तर हुन्छ, घरपरिवारसंग बस्ने, घुम्ने, रमाईलो गर्ने, बाकी केही काम सक्ने, समाजसेवा गर्ने वा गाउँका नागरिकसंग भेटघाटमा सदुपयोग गर्नुहुन्छ । तर हाम्रो यो सबै उतर गलत सावित गर्नुभएको छ बाउछोरा शिक्षक तथा वडा सचिब नायव सुब्बा ।

यो घटना सुनसरीको इनरुवा नगरपालिका वडा नं. ९ को बबिया यादव टोलको हो । झण्डै १२५ घरपरिपार यादवहरुको बसोबास रहेको बबिया स्थित आफ्नै घर अगाडिको सार्वजनिक नहरपैनीमा भदौ १० गते दिनको १ः४० बजेको समयमा भोक्राहा नरसिंह गाउँपालिका स्थित बानेश्वर आधारभुत विद्यालयका शिक्षक बुवा देवराम यादव र उनका छोरा इनरुवा नगरपालिका वडा नम्बर १० जल्पापुरका वडा सचिव नायव सुब्बा रोशनकुमार यादवले छिमेकी दिपेन्द्र यादवको १४ बर्षिय छोरा सागर यादवलाई गालीगलौज गरेको आरोपमा कुटपीट गरेका हुन् । एउटा बालकलाई दुई बाउछोराले पशु जस्तै छोरालाई निर्मम रुपमा कुटपीट गरेको पीडित बालकका बुवा दिपेन्द्र यादवले बताउनुभयो । यादवले आफू मजदुरी गर्न गएको र पत्नी खेतकाममा गएको मौकामा आफ्नो १४ बर्षिय छोरा सागर यादवलाई गालीगलौज गरेको आरोपमा कुटपीट गरेको दावी गर्नुभयो ।

यादले आफ्नो छोरालाई विपक्षी कसुरदार बाउछोराले आफ्नो खेतको अगाडिको बाटोमा आवतजावत बन्द गर्ने गरि बास राखेको र यस्तो नगर्नुहोस मलाईलाई आउजाुउमा समस्या भएको भनेपछि रोशन यादवले एक्कासी यसलाई ठिक पार्नुपर्छ, यहा यसलाई बचाउने बुवाआमा कोही पनि छैन, यसको बुवा पनि घरमा छैन हो भन्दै कुटपीट गरेको दावी गर्नुभयो ।

यादवले आफ्नो एकलो छोरालाई समाति उठाएर पछारी विपक्षी रोशन यादवले हात र मुक्काले छाति, पेट र डाढ तिघ्रा समेतमा अन्धाधुन्ध कुटपिट गरेको र विपक्षीका बुवा देवराम यादवले समेत गालामा थपडले र पेटमा कुहिनोले कुटेको, नाक अनुहार तथा टाउकोमा हात मुक्काले गर्दा असुरक्षित भएको बताउनुभयो । उहाँले केटाकेटीलाई मारेर ज्यानै लिन थाल्यो रोइकराई गुहार मागेपछि त्यहां भएका अन्य मानिसहरु छुटाएका थिए । एउटा बालकलाई यसरी कुटपिट अभद्र व्यवहार, हप्कीदप्की गर्न पाउदैनौं, यसरी हप्कीदप्की गर्न पाउदैनौ भनी विपक्षीको हातबाट मेरो छोरालाई छुटाएको यादवको कथन छ ।

यसरी विपक्षीहरुले मेरो छोरालाई हप्कीदप्की गरी गालीगलौज गरी कुटपिट गरी शरीरमा यसरी मेरो छोरा निर्दोष एक्लो माथि कुटपिट गरी हैरानी पारी मेरो छोराको बालअधिकारको हनन र मान इज्जत प्रतिष्ठामा आघात समेतको कार्य गरी अभद्र व्यवहार कसुरको कार्य गरेको हुँदा मेरो छोरालाई साह्रै अन्याय गरेकोले विपक्षीहरुले मुलुकी अपराध सहिता, २०७४ को दफा ११८ नं निकल गरेको हुंदा दफा १२८ को उपदफा ९२० मुताविक हदम्याद भित्रै जाहेरी दरखास्त प्रहरीमा लगेकोमा निवेदन नलिई ठाडो निवेदन ल्याउन भनेको यादवको गुनासो छ ।

यादवले अन्यायी दुवै जनालाई पक्राउ गरी छोराको शरीरमा लागेको घाउ चोटपटकको उपचार गरी जिल्ला अस्पताल सुनसरीबाट यो घाउं जाचको अनुसार अन्यायीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ को उप अनुसार हदैसम्म सजाय गरी मुलुकी अपराध सहिता, २०७४ को दफा १२७ घा जाच तथा शारिक र मानसिक रुपमा भएको क्षतिपूर्ति समेत दिलाई पाऊ भन्ने माग गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवत्ता नवीनकृष्ण भण्डारीले घटटनाको बारेमा जानकारी आएको र पक्षहरुलाई सोधपुछ गरेर अगाडि बढ्ने प्रतिकृया दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]