०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

उकालोमा चढुने वेला ब्रेक नलागेपछि दुर्घटनामा पर्‍यो एमजी जेड एस ईभी

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, भाद्र १३, २०८१

तस्विर : नमो अनलाईन

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका-५, टिकाथलीमा एमजी ब्रान्डको विद्युतीय गाडी दुर्घटनामा परेको छ ।

बिहीवार विहान करिब साढे २ बजेतिर ०२९च ६७४५ नम्बरको गाडी उकालो चढ्ने क्रममा अनियन्त्रित भई सामान्य दुर्घटनामा परेको हो ।

स्थानीय प्रहरीका अनुसार वडा कार्यालय नजिकैको उकालो सडकमा ब्रेकले काम नगर्दा गाडी पछाडि फर्किएर पर्खालमा ठोक्किएको थियो । चालक विशाल कट्टेल सकुशल रहेको र दुर्घटनाबाट गाडीको पछाडिको सिसा फुट्नुका साथै केही भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]