०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

नक्कली नागरिकता बनाउने समिम अंसारी घुस्कीबाट पक्राउ

Logo
ब्रहमदेव मेहता प्रकाशित आइतबार, साउन २७, २०८१

तस्विर : नमो अनलाईन

हरिनगर । सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिकाबाट नक्कली नागरिक्ता बनाउने आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हरिनगर गाउँपालिका वडा नं. – ६ घर भएका अन्दाजी २८ वर्षीय समिम अन्सारीलाई नक्कली नागरिकता बनाएको आरोपमा पक्राउ गरेको हो।

आइतवार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटेको प्रहरी टोलिले नक्कली नागरिकता बनाउने अन्सारीलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ।

अंसारी माथि हरिनगर गाउँपालिका वडा नं. ६ नै बस्ने रमजान मियाको वृद्धभत्ताका लागि उमेर घटाई नक्कली नागरिकता बनाउने आरोप छ। अंसारीले मियाको एलानी जग्गालाई निजी बनाई दिने आसवासन दिदै १ लाख ८० हजार नगद समेत लिएको थियो ।

प्रहरीले घुस्की बजारमा रहेको अन्सारीको पसलमा छापा हान्दा ४८ थान जन्म दर्ता, ५ थान नागरिकता र ५ थान विभिन्न सरकारी कार्यलयका स्टाम्प, कम्प्युटर र फ्रेम लगायत सरकारी कार्यलयका कागजातहरु बरामद गरेकाे छ।

यस अघि अंसारी अटुट सहकारी संस्थाको ७५ लाख हिनामिना गरेको आरोपमा पक्राउ परेका थिए । पछि अदालतबाट १० लाखको धरोटीमा छुटेका थिए । हाल उक्त मुद्दा पुर्नवेदनमा विचाराधीन छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]