०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

आज २०८१ साल साउन २१ गते सोमबारको राशिफल

Logo
नमो अनलाईन प्रकाशित सोमबार, साउन २१, २०८१

तस्विर : नमो अनलाइन

मेष : पुराना साथीसँगको भेटले मनमा ऊर्जा थपिने छ। शिक्षाको ज्योति छर्ने अवसर मिल्नेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। श्रम गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। परिवारको मर्यादामा रहँदा दिन सफल बन्नेछ।

वृष : तपाईंको बोलीको प्रशंसा हुनेछ। तपाईंको काम सफल बन्नेछ। दैनिक काम सहजै बन्नेछ। धन आर्जन गर्न राज्यको सेवा गर्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्दा मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सिर्जनात्मक बन्नेछ।

मिथुन : तपाईंका तीन ग्रहको संयोग मिलेको छ। यसले धन आर्जन गर्ने मौका मिल्नेछ। शिक्षामा फाइदा हुनेछ। स्वास्थ्य क्षेत्रको लगानीबाट लाभ हुने दिन छ। धार्मिक क्षेत्रको चर्चाले मन शान्त बन्नेछ। परिवारमा तपाईंको सम्मान हुनेछ। मन चञ्चल हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

कर्कट : सञ्चित धनको खर्च बढ्नेछ। धन आर्जन गर्ने बाटोमा अवरोध हुनेछ। साथीसँगको सहकार्यमा गरेको कामबाट लाभ हुनेछ। शिक्षाको लगानीबाट नाफा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारले भने साथ नदिने जोखिम रहेको छ। प्रेम सम्बन्धमा मनमुटाब बढ्ने देखिन्छ।

सिंह : शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारमा कम बोलेर बस्नु फाइदा हुनेछ। प्रेम सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ। आज तपाईंलाई विपक्षी समूहले जालझेलमा पार्ने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुन्छ।

कन्या : समान्य मेहनतले आर्थिक लाभ हुनेछ। यात्रा गर्न मन लाग्नेछ। सुन्दर बन्नतर्फ ध्यान जानेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ने योग छ। सामाजिक काम गर्दा नयाँ अनुभव प्राप्त हुनेछ। परिवारमा शान्ति मिल्नेछ।

तुला : तपाईंको कला प्रदर्शन गर्ने दिन छ। धन कमाउने समय छ। संगठनमा तपाईंको कमजोरी पत्ता लाग्नेछ। विपक्षी बहुमत लिएर बस्ने भएकाले काम गर्दा सचेत बन्नु राम्रो हुन्छ। परिवारमा भने मेलमिलाप हुनेछ।

वृश्चिक : सांगठानिक र राजनीतिक क्षेत्रमा तपाईं अब्बल बन्ने दिन छ। बौद्धिक शिक्षामा लगानी गरेको भए नाम र दम प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ। स्वास्थ्यको ख्याल नगर्दा रोग बढ्ने जोखिम देखिन्छ।

धनु : झन्झटिलो काममा समय बित्नेछ। आफ्नो कार्यदिशाको विपरीत काम हुँदा मन अशान्त हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : राजनीतिक र सामाजिक क्षेत्रमा इज्जत जोगाउन खट्नुपर्ने देखिन्छ। एकपछि अर्को विवादको सामना गर्नुपर्ने योग छ। धार्मिक व्यक्तिसँग लिएको परामर्शले काम गर्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

कुम्भ : मनमा लागेको कुरा सोचेर बोल्नु राम्रो हुनेछ। संगठित ढंगले जाल बुन्नेहरु तपाईंविरुद्ध सक्रिय छन्। बिहान धार्मिक कार्यमा सहभागी भए परिवारमा मेलमिलाप हुनेछ। साउनको समेबार भएकाले पिपलको पूजा गर्नु राम्रो हुनेछ।

मीन : नयाँ ठाउँमा घुम्ने रहर बढ्नेछ। परिवारमा भन्दा बाहिरबाट प्रशंसा मिल्ने दिन छ। कला र गलाको माध्यमबाट नामसँगै दाम पनि प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने देखिन्छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]