०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

कोशी प्रदेशलाई उत्कृष्ट बनाउनेतर्फ काम गरिरहेको मुख्यमन्त्री कार्कीको भनाइ

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, आषाढ २९, २०८१

तस्विर : नमो अनलाईन

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई सबै क्षेत्रमा उत्कृष्ट बनाउनेतर्फ काम गरिरहेको बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालयद्वारा यहाँ आज आयोजित प्रदेशसभाका विषयगत समितिका सभापति र सामाजिक समितिका सदस्य तथा महिला सदस्यसँग लैङ्गिक रुपान्तरणकारी दृष्टिकोण तथा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी गोष्ठीको उद्घाटन गर्दै उनले सरकारको प्राथमिकता मानवीय विकासको सूचकाङ्कलाई उच्च पार्नु रहेको विचार राखे।

मुख्यमन्त्री कार्कीले नीतिगत रुपमा बजेटमा लैङ्गिक विभेद नगरेको चर्चा गर्दै सामाजिक उत्तरदायित्वमा बजेटउन्मुख रहेको विचार व्यक्त गरेका छन्। उनले कर्मचारी अभावका कारण लक्ष्यअनुसारको बजेट खर्च गर्न नसकिरहेको गुनासो गरेका छन्।

उनले चालु आर्थिक वर्षमा ७८ दशमलव ३५ प्रतिशत पुँजीगत र ७५ दशमलव ३६ प्रतिशत बजेट खर्च भएको जानकारी दिएका छन् । सामाजिक विकासमन्त्री पाँचकर्ण राईले महिलामैत्री, सामाजिक उत्थान, भेदभाव अन्त्यतर्फ ध्यान केन्द्रित रहेको बताए।

प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार, ज्येष्ठ सदस्य गयानन्द मण्डल, मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराई र पूर्वसचिव कृष्णहरी बाँस्कोटाले दलगत राजनीतिबाट माथि उठी महिला उत्थानका विषयमा प्रदेशसभामा आवाज उठाउन आग्रह गरेका।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]