०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

२०८१ जेठ ०३ गते बिहीबारको तपाईको राशिफल

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, जेठ ०३, २०८१

तस्विर : नमो अनलाईन

आज मिति वि.सं.२०८१ जेठ ०३ गते बिहीबार ई.सं.२०२४ मे १६ नेपाल सम्बत ११४४ बछलाथ्व नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, बैशाख शुक्ल नवमी, चन्द्रमा सिंह राशिमा मघा नक्षत्र, धु्रव योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:१४ बजे भयो भने सूर्यास्त साँझ ०६:४६ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पराक्रम बढ्नेछ । बिस्तारै कामका बाधाहरू हट्नेछन् । साथीभाइले काममा सहयोग जुटाउन सक्छन् । नसोचेको ठाउँबाट धन प्राप्त हुने योग छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहला । मुख्य काममा बाधा हुने देखिन्छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउन सक्छ । विलासितामा धन खर्च हुने योग छ । स्वास्थ्य सामान्यरूपले कमजोर नै रहला, ध्यान राख्नुहोला । रसरागको भावना वृद्धि हुनेछ । आफन्तजनको सहयोग प्राप्त होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन अर्थअभावले काम रोकिने सम्भावना छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिने योग छ । सहयोगीजनले राम्रै साथ दिनेछन् । चाहेमा रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आरोग्यता वृद्धि हुनेछ । मान महत्व बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिगो आम्दानी हुने काम सुरु गर्ने समय छ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । साझेदारीमा राम्रै फाइदा होला । आयआर्जनका स्रोत बढ्नेछन् । आजको दिन काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, सावधान रहनुहोला । रसरागमा आकर्षण रहला । आफ्नै बल विवेकले काम बन्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने समय भएपनि बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । स्वास्थ्य त्यत्ति अनुकुल नरहन सक्छ । यसका बाबजुद श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्ने योग छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कर्मबल बढ्नेछ तर आज परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन दिनेले झुक्याउन सक्छन् । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर होला । मिठोे भोजन प्राप्त हुनेछ । उच्चाधिकारीको साथ मिल्ने योग छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भाग्यबल बढ्नेछ । आज व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्ने योग छ । तर सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दौडधुप बढ्नेछ तर रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ । आज आयआर्जन राम्रै हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुने योग छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान राख्नुहोला । रसरागमा रुचि रहला । शुभ समाचार प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): हिम्मतले काम बनाउन सकिने समय छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउला । पढाइलेखाइमा समय दिन नसकिए पनि वित्तादि लाभ हुने देखिन्छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । दाम्पत्य सुख बढ्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । यात्रामा सफलता हातपर्ला । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): तपाईंका विरोधि तथा कुरा काट्नेहरू सक्रिय रहनसक्ने समय छ, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । स्वास्थ्य कमजोर रहनाले नियमित काममा असर पर्न सक्छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आजको दिन विवादबाट बच्न विशेष प्रयत्न गर्नुहोला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । प्रतिकुलताका बाबजुद आम्दानी बढ्नेछ, परिवारजनका आवश्यकता पूरा हुनेछन् । आज मानसम्मानमा ठेस पुग्ने योग रहेकोले व्यवहारमा संयमताको आवश्यकता छ । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): व्यस्तता बढेपनि सामान्यतया दिन राम्रै रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । भोगविलासमा आकर्षण रहला ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]