०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

आजको राशिफल: २०८१ साल वैशाख ६ गते बिहीबार

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, बैशाख ०६, २०८१

तस्विर : नमो अनलाईन

श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख ६ गते बिहीबार, १८ अप्रिल २०२४, कालयुक्त संवत्सर । चैत्र शुक्लपक्षको दशमी तिथि १७ः४५ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र अश्लेषा ०८ः०७ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०५ः३६ बजे र सूर्यास्त ०६ः३० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भङ्ग हुन सक्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विशेष योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । पहिलेको सम्झौता भङ्ग हुन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रगतिमा ईष्र्या गर्नेहरूले पनि अवरोध पु¥याउन सक्छन्। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनु होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल पाइनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरूले सम्झौता गर्न सक्नेछन् । सहयोगीहरू जुट्नाले काम सम्पादन हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । अभिव्यक्तिले धेरैको मन जित्ने समय छ । प्रशंसकहरू बढ्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम पनि सम्पादन हुनेछन् । कर्मयोगबाट मनग्य आम्दानी भिœयाउने अवसर प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तसँग पनि भेटघाट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनग्य धनलाभ हुनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]