०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

दुहबीमा आगलागी हुँदा करिब १५ लाख बराबरको क्षति

Logo
अजित झा प्रकाशित सोमबार, फाल्गुण १४, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरीको दुहबी नगरपालिका–४ स्थित मालहटिमा गएराति भएको आगलागीमा १५ लाख बरावरको क्षति भएको छ ।

स्थानीय सैफुल खातुनको घरमा भएको आगलागीका कारणले १५ लाख बरावरको सामग्री जलेर नष्ट भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

आगलागीमा परेर घर भित्र रहेका खाद्यान्न, लत्ताकपडा, नगद र बाख्रा पाठा सहित जलेर नस्ट हुदा करिब १५ लाख बराबरको क्षति भएको दुहबी–४ का वडा अध्यक्ष मुस्तकिम मियाँले जानकारी दिनुभयो ।
आगलागीलाई स्थानीयवासी, दुहबि, इटहरी लगायतको स्थानीयतहबाट गएको बारुण यन्त्रण, सुरक्षाकर्मी लगायतको सहयोगमा नियन्त्रणमा लिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्जमा युवाहरुलाई रोजगारीमुखी बनाउने लक्ष्यका साथ इलेक्ट्रिकल सीप विकास तालिम सुरु भएको छ। देवानगञ्ज गाउँपालिकाको आर्थिक सहयोगमा जय नेपाल होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ्ग प्रालिको प्राविधिक सहयोगमा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित इलेक्ट्रिकल सीप विकास तालिमको सुरुवात एक विशेष समारोहबीच उद्घाटन गरी सरु गरिएको हो। उद्घाटन समारोहमा देवानगञ्ज […]

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]