०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

अमेरिका लैजाने भनेर ११ जना भारतीयलाई काठमाडौंमा बन्धक बनाएर राख्ने ९ जना पक्राउ

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । अमेरिका लैजाने भन्दै  भारतीयलाई काठमाडौंमा बन्धक बनाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरी गिरोहका संलग्न ९ जनालाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमध्ये १ जना नेपाली र ८ जना भारतीय नागरिक रहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए उनीहरूले काठमाडौंको रातो पुलस्थित एक घरमा १४ जना भारतीयलाई बन्धक बनाएर राखेका थिए।

एसएसपी खत्रीका अनुसार त्यहाँ उनीहरूलाई कसैले सोधे सिरक डसना बनाउने काम गर्न आएको भन्न लगाइएको थियो। बन्धक बनाइएकाहरूलाई शारीरिक यातना समेत दिने गरेको प्रहरीले फेला पारेको छ। उनीहरूलाई पिट्नका लागि गिरोहले राखेको पाइपको लठ्ठी प्रहरीले बरामद गरेको छ।

गिरोहले केही व्यक्तिहरूलाई १४ दिनदेखि र कोहीलाई एक/दुई दिनअघि मात्रै ल्याएको एसएसपी खत्रीले जानकारी दिएको। बन्धक राख्न गिरोहले  मासिक ७५ हजार लिएर उक्त घर भाडामा लिएका थिए।

उनीहरूको साथबाट विभिन्न देशका मुद्राहरू पनि बरामद गरिएको छ। प्रहरीले ‘अपरेशन डंकी’ चलाएर बन्धक बनाउने गिरोहलाई पक्राउ गरेको हो।

पक्राउ गरेकाहरूविरूद्ध शरीर बन्धक कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको एसएसपी खत्रीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्जमा युवाहरुलाई रोजगारीमुखी बनाउने लक्ष्यका साथ इलेक्ट्रिकल सीप विकास तालिम सुरु भएको छ। देवानगञ्ज गाउँपालिकाको आर्थिक सहयोगमा जय नेपाल होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ्ग प्रालिको प्राविधिक सहयोगमा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित इलेक्ट्रिकल सीप विकास तालिमको सुरुवात एक विशेष समारोहबीच उद्घाटन गरी सरु गरिएको हो। उद्घाटन समारोहमा देवानगञ्ज […]

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]