०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

श्रीमान-श्रीमती मृत फेला

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, माघ २३, २०८०

तस्विर : फाईल

बिराटनगर । पाल्पाको रिब्दीकोटमा श्रीमान-श्रीमती मृत फेला परेका छन्।

रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ काहुलेमा श्रीमान र श्रीमती मृत फेला परेको जिल्‍ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।

५४ वर्षीय अम्मरबहादुर गाहा र उनकी ४२ वर्षीया श्रीमती श्यामकला गाहा सोमबार आफ्नै घरमा मृत फेला परेका हुन्।

अम्मरबहादुर कोठामा झुण्डिएको अवस्थामा र अर्को कोठामा श्रीमती श्यामकला खाटमा मृत फेला परेकी थिइन्। प्रहरीले घटनास्थलबाट मदिरा र खानेकुराहरू बरामद गरेको छ। श्रीमती श्यामकलाको घाँटीमा निलडाम देखिएको छ।

स्‍थानीयका अनुसार उनीहरूका तीन जना छोरी छन्। चार वर्ष अघि एक जना छोराको मृत्यु भएको थियो। छोराको मृत्यु भएपछि गाहा दम्पत्ती विक्षिप्त बनेको स्थानीयको भनाइ छ।

प्रहरीले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्जमा युवाहरुलाई रोजगारीमुखी बनाउने लक्ष्यका साथ इलेक्ट्रिकल सीप विकास तालिम सुरु भएको छ। देवानगञ्ज गाउँपालिकाको आर्थिक सहयोगमा जय नेपाल होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ्ग प्रालिको प्राविधिक सहयोगमा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित इलेक्ट्रिकल सीप विकास तालिमको सुरुवात एक विशेष समारोहबीच उद्घाटन गरी सरु गरिएको हो। उद्घाटन समारोहमा देवानगञ्ज […]

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]