०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

मिटर ब्याजीविरुद्ध २ सय ४९ उजुरी सुनसरीमा दर्ता

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, जेठ ०९, २०८०

हरिनगर । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी विरुद्ध दुई सय ४९ उजुरी दर्ता भएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

बैसाख १७ गते उजुरी आह्वान गरिएकोमा जेठ ८ गतेसम्ममा दुई सय ४९ जना मिटरव्याजी पीडितले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

प्रसाशनले जारी गरेको सूचनामा मिटरब्याजीले गरेको ठगी र शोषणविरुद्ध आ–आफ्नो यथासम्भव बढी तथ्य प्रमाण सहित उजुरी दर्ता गर्न भनिएकोमा उजुरी दिने समयसीमा भित्र दुई सय ४९ जनाको जिल्ला प्रशासन कार्यालयमा आएको पाण्डेले जानकारी दिनुभएको छ ।

सूचना जारी भएपछि मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोह, व्यक्ति र संस्थाबाट पीडित भएको भन्दै सर्वसाधारणबाट दुई सय ४९ उजुरी परेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

यस्तो उजुरी दुई जना प्रतिनिधि विरुद्ध पनि परेको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार इनरुव नगरपालिका ६ का वडाध्यक्ष सुमन थापा र कोशी गाउँपालिका १ का वडा अध्यक्ष सोभितनारायण यादव विरुद्ध उजुरी आएको र त्यसमा आवश्यक कारबाहीको माग गर्दै उजुरी आएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

ऋण साबाँ ब्याजसहित फिर्ता गरे पनि बनाएको कागज फिर्ता नदिएको र शोषण गरेको आरोप लगाएका छन् । प्राप्त भएको निवेदनमाथि प्रमाणका आधारमा पहिलो चरणमा पक्षहरुको बीचमा छलफल गर्ने र त्यसपछि थप समवन्य गरी मुद्दा चलाउने तयारी भईरहेको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]