०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

‘सरकारको नीति तथा कार्यक्रम गोलमटोल’ : भगबती चौधरी

Logo
नमो अनलाईन प्रकाशित सोमबार, जेठ ०८, २०८०

हरिनगर । सरकारले आर्थिक वर्ष २०८०÷०८१ का लागि ल्याएको नीति तथा कार्यक्रम गोलमटोल रहेको सांसद भगबती चौधरीले बताएकी छन् । आइतबारको संसदमा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री समेत रहेकी चौधरीले सरकारको नीति तथा कार्यक्रम ठोस रुपमा आउनुपर्नेमा गोलमटोल भएको बताएकी हुन् ।

 

‘सुरु गरिनेछ, सञ्चालन गरिनेछ, मिलाइने छ, बढाइने छ, यो त ठोस लक्ष्य भएन । गर्नुपर्दछ, गर्ने भन्ने नै राख्नुपर्छ । अचिभमेन्ट भन्ने कुरा त पछि हुन्छ नी ।’ सांसद चौधरीले भनिन् । नीति तथा कार्यक्रम तीन वर्षको हुनुपर्ने भन्दै चौधरीले सेक्टर छुट्याएर प्रत्येक वर्षको एनालाइसिस गरेर नीति तथा कार्यक्रम पेश गर्नुपर्ने बताइन् । ‘अनीमात्र देश उभोगतीमा जान्छ नभए हामी जहिले उँधोगतिमा जान्छौं ।’

 

देशभर स्थानीय निकायहरुमा लघु बीमा कार्यक्रम गरिनेछ भन्ने विषयमा स्पस्टता नभएको चौधरीको भनाई छ । ‘कस्तो खालको लघु बीमा ? जीवन बीमा होकी, कर्जा बीमा होकी, स्वास्थ्य बीमा होकी, बाली बीमा, लाइभस्टक हो ? त्यो उल्लेख गरिनु पर्दछ । नीति तथा कार्यक्रमले गोलमटोल कुराहरु गरेको छ ।’

 

बाँझो रहेको जमीनमा युवाहरुको लागि चक्लावन्दी खेतीमा प्रवद्र्धन र प्रोत्साहन गरिने भनिएकोमा महिलालाई पनि राख्नुपर्ने चौधरीले बताइन् । नेपालको राजश्वमा ४३ प्रतिशत क्षेत्र ओगटेको कृषि क्षेत्रले कूल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण टेवा दिइरहेकोले उपेक्षा गर्न नहुने सांसद चौधरीको भनाई छ ।

 

‘प्रत्येक पालिकामा शीत भण्डार, बजार प्रवद्र्धन केन्द्र हुनुपर्छ । जसले गर्दा त्यहाँका किसानले भण्डारण गर्न सक्छन्, कलेक्सन गर्न सक्छन् । र, आफ्नो उत्पादनको मुख्य आफैं तोक्ने र बजार समेत खोज्न सक्छन् ।’ चौधरीले भनिन् ।

 

जडिबुटी खेती, व्यवसायीक अनुसन्धान उत्पादन विस्तार र बजारीकरणका सवालमा सुर्तीजन्य वस्तु, गाँजा जस्ता उत्पादनलाई धेरैवटा देशहरुले अवलम्बन गर्दै आएकोले अहिलको संकटग्रस्त अर्थतन्त्रलाई उकास्न नेपालले पनि सुर्तीजन्य र गाँजा उत्पादन, व्यवसायीकरणमा जोड दिनुपर्ने चौधरीले बताइन् । ‘गाँजा तथा सुर्तीजन्य उत्पादनमा किन सहजता नअपनाउने ?’

 

चौधरीले विगतका सरकारले ल्याएको औद्योगिक ग्राम बनाउने योजना नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने बताइन् । ‘देश बनाउने, देशलाई समृद्ध बनाउने कुरा एउटा पार्टीको, एउटा प्रधानमन्त्रीको मात्र हुन्छ कि समग्र देश र नेपाली जनताको हुन्छ ?’ चौधरीले प्रश्न नगरिन् ।

 

रुग्ण रहेका तथा बन्द भएका उद्योग कलकारखानाहरु सञ्चालन गरेर राजश्वसँगै रोजगारी सृजना गराउन सरकारको ध्यान जानुपर्ने चौधरीले बताइन् । सुनसरी–मोरङ औद्योगिक करिडोरका करिब डेढसय उद्योग मध्ये ३०,३५ वटा उद्योगहरु बन्द भइसकेको अवस्थामा रहेको जनाउँदै चौधरीले ती उद्योगहरु खोल्ने वातावरण बनाए २० औं हज्जारले रोजगारी पाउने जिकीर गरिन् । नयाँ रोजगारी सृजना गर्नेसँगै भएका रोजगारीका क्षेत्रलाई चलायमान बनाउनुपर्ने चौधरीको जोड छ ।

 

पर्यटन ऐन समयानुकुल परिमार्जन गर्नेसँगै मुलुकको विकासका लागि विश्वका पर्यटकीय देशहरुले अपनाएको शैलीहरु अपनाउनु पर्नेमा जोड दिइन् । पर्यटनले मुलुकको अर्थतन्त्र बलियो बनाउने उल्लेख गर्दै सातै प्रदेशमा सात सांस्कृतिक ग्रामको कुरा गरेपनि विदेशी मुद्रा आर्जन गर्न सकिने नसकिनेमा सरकारको नीति तथा कार्यक्रम स्पष्ट नभएको चौधरीको भनाई छ ।

 

‘के हो सातै प्रदेशमा सात सांस्कृतिक ग्राम भनेको ? होम स्टे होकी के हो ? यसले बैदेशिक मुद्रा संकलन हुन्छ ? अथवा बैदेशिक व्यापार स्वरोजगारसँग अन्तरसम्बन्ध हुन्छ ? निर्यात बढ्छ ?’ चौधरीले सरकार समक्ष प्रश्न गरिन् ।

 

यस्तै, दुई ठूला जनसाँख्यिक राष्ट्र भारत र चीनका पर्यटकहरु भित्र्याउने गरी प्रत्येक पालिकामा पर्यटकीय गन्तब्य हुनुपर्ने चौधरीको धारणा छ ।

 

हवाई सेवालाई विस्तार गर्न नयाँ रुटहरु विस्तार गरिनु पर्ने साथै त्रिभुवन विभानस्थललाई पनि ट्रान्जिट प्वाइन्टका रुपमा विस्तार गरिनुपर्ने उल्लेख गरिन् ।

 

 

 

चौधरीले सरकारले फुस तथा खरको छानो हटाउने विषयमा गरिबलाई दिने भनेकोमा त्यसको क्राइटएरिया पनि निर्धारण गरिनुपर्ने, महिला किशोरी विरुद्धको बुँदाहरुमा बलात्कार जस्ता जघन्य अपराधका कुरा नसमेटिएको, बालअधिकार, बाल आश्रम, ज्येष्ठ नागरिकका सवाल सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटिनु पर्नेमा जोड दिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]