०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत तथा रंगरोगन कार्य सुरु

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, मंसिर २१, २०८०

तस्विर : जुगेश दास/नमो अनलाईन

देवानगञ्ज । नेपाल भारतबीचका सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्य सुरु भएको छ ।

सीमा स्तम्भ जोखिममा पर्न नदिनका लागि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वाहिनी पकली सुनसरीले नेपाल–भारत सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन कार्यको थालनी सुनसरी जिल्ला सँग जोडिएको सिमानामा पनि गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीको आयोजनामा सुनसरी स्थित नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सम्भार कार्यको सुरु भएको हो ।

सशस्त्र प्रहरी र भारतीय सुरक्षा बल एसएसबीले संयुक्त रुपमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ साविक कप्तानगञ्जको पाँचौंसिमरमा पर्ने १८९ नम्बर सहायक सीमा स्तम्भको रंगरोगन गरी कार्यको सुरुवात गरेका हुन् ।

सीमा स्तम्भ मर्मतसम्भार कार्य अन्तर्गत सशस्त्र प्रहरी बलले झापाले जिल्लाभित्रका ३१७ वटा, मोरङमा रहेका ३४ वटा र सुनसरीको अन्तर्राष्ट्रिय सीमामा रहेका १३३ वटा सीमा स्तम्भहरुको मर्मत सम्भार कार्य सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वाहिनी पकली सुनसरीले जनाएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वाहिनी पकली सुनसरीका डिआइजी अञ्जनीकुमार पोखरेलले, सशस्त्र प्रहरी सुनसरीका प्रमुख लकेश कुमार तुम्वाहाम्फे, सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मी, भारतीय एसएसबीका सुरेन्द्र विक्रम, देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, हरिनगर गाउँपालिकाका अध्यक्ष हाजि गफार अन्सारी मियाँ , भोक्रराहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजाद , कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]