०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

नेपालगञ्ज उपमहानगरपालिकाले रातो नम्बर प्लेट भएका इ-रिक्सालाई प्रतिबन्ध लगाइने

Logo
रासस प्रकाशित आइतबार, मंसिर १०, २०८०

तस्विर : फाईल

विराटनगर । नेपालगञ्ज उपमहानगरपालिका बजारभित्र यात्रु बोक्ने रातो नम्बर प्लेट भएका इ-रिक्सालाई प्रतिबन्ध लगाउने भएको छ।

उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा शनिबार सरोकारवालाको बैठकले रातो नम्बर प्लेटलाई कालो प्लेट बनाउन मङ्सिर २२ गतेसम्मको समय दिने समेत निर्णय भएको छ।

नगर क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ-रिक्साहरु रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि कात्तिक २४ गते बसेको बैठकले २१ दिने सूचना प्रकाशन गरेर रातो प्लेटलाई कालो नम्बर प्लेट बनाउन दिने निर्णय गरेको थियो।

उक्त अवधि मङ्सिर १५ गते समाप्त हुने भए पनि थप सात दिन समय दिएर मङ्सिर २३ गतेदेखि रातो नम्बर प्लेट भएका रिक्सालाई यात्रु बोकेर गुड्न नदिने निर्णय गरिएको नगरप्रमुख प्रशान्त विष्टले बताए।

‘समय त मङ्सिर १५ सम्ममात्रै दिइएको हो, त्यसपछिको एक हप्ताको समयमा हामी फिल्डमै उत्रिएर रिक्सा चालकलाई सचेत बनाउँछौँ, मङ्सिर २३ देखि भने चल्न दिँदैनौँ,’ नगरप्रमुख विष्टले भने।

अटेर गरी रातो नम्बर प्लेटका इ-रिक्सामा यात्रु बोके त्यस्ता इ–रिक्सालाई जिल्ला प्रशासन कार्यालय, प्रहरी व्यायामशाला धम्बोझी र विधि विज्ञान प्रयोगशाला गणेशमान चोकमा ‘होल्डिङ’ गरी राखिनेछ।

कालो प्लेट नबनाउँदासम्म ती इ-रिक्सा होल्डिङ सेन्टरमै रहने नेपालगञ्ज उपमहानगरपालिका राजस्व शाखा प्रमुख वीरबहादर थापाले जानकारी दिए।

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बढ्दो सवारीसाधनको चापलाई मध्यनजर गर्दै हाललाई त्रिभुवन चोकबाट त्रिवेणी मोडसम्म चारपाङ्ग्रे सवारीसाधन जान नदिने निर्णय गरिएको छ। यसैगरी गणेशमान चोकबाट चारबाहिनी चोकतर्फको सडकलाई पनि वान–वे बनाउने निर्णय गरिएको छ।

बैठकमा नगरप्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामी, यातायात व्यवस्था कार्यालय प्रमुख माधव ज्ञवाली, नागरिक समाजका संयोजक कृष्णप्रसाद श्रेष्ठ, बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगी, ट्राफिक प्रहरी प्रमुख गोपीकृष्ण सुवेदी, वडा प्रहरी प्रमुख हरिबहादुर बिसी, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीलगायत सरोकारवालाको उपस्थिति थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]