०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलन गर्दै योजना आयोग

Logo
नमो अनलाईन प्रकाशित आइतबार, कार्तिक १९, २०८०

तस्विर : फाईल

विराटनगर । राष्ट्रिय योजना आयोगले जारकोटलाई केन्द्र बनाएर गएको भूकम्पको कारण पुगेको क्षतिको विवरण संकलन गर्न सुरू गरेको छ।

जाजरकोट केन्द्रबिन्दु भइ शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको थियो भने थुप्रै संरचनामा क्षति पुगेको छ।

आयोगका सह–प्रवक्ता दिवाकर लुईटेलका अनुसार उपसचिव अशोक कोइरालाको नेतृत्वमा अहिले विवरण संकलनको काम भइरहेको छ।

‘अहिले एक जना व्यक्तिलाई फोकल प्रश्न तोकेर तथ्यांक संकलनको काम गरिरहेको छौँ, त्यसपछि क्षतिको वृस्तृत विवरण निकालिने छ,’ सहप्रवक्ता लुईटेलले भने।

आयोगले स्थानीय तहहरूसँगको समन्वयमा शनिबारदेखि नै तथ्यांक संकलन गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]