०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

हरिनगरमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, आश्विन २२, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

हरिनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा समुदाय प्रहरी साझेदारी अन्तर्गत ईलाका प्रहरी कार्यालय हरिनगरमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

हरिनगरमा आयोजित कार्यक्रममा सहभागीहरुले सिमावर्ती क्षेत्रका सर्वसाधारणलाई सामान्य खालको घरायसी समान ल्याउन दिनुपर्ने, चोरी तस्कारी नियन्त्रण गर्नुपर्ने, प्रहरी मेरो साथी र मुस्कान सहितको सेवाको अनुभुती दिलाउनुपर्ने, जनतालाई दुख दिने कुनैपनि काम गर्न नहुने, सर्वसाधारणको सिधा पहुँच प्रहरी सम्म हुनुपर्ने, तस्करहरुलाई नियंत्रण गर्नु पर्ने माग उठाएका थिए ।

कार्यक्रमकामा प्रमुख जिल्ला अधिकारी हुमकला पाडेले प्रहरी र नागरिक बिचको समन्वयको अभाव भएको खण्डमा अपराध बढ्ने भएकाले केही कम्जोरी भए त्यसलाई सुधार गर्दै शान्ती सुव्यवस्था कायममा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले नागरिक र जनप्रतिनिधिहरूले आफ्नो समाजमा विकास निर्माण तथा शान्ति सुरक्षाका लागि गरेको प्रयासको प्रशंसा गर्नुहुदै प्रहरी पनि हरेक काममा समाजसँग सहकार्य गरि अगाडि बढ्ने, सामुदायिक प्रहरी कार्यक्रम, प्रहरी मेरो साथी लगायतको मुल मर्मलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लाको समग्र शान्ती सुरक्षाका लागि उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

सहभागीहरुको कुरा र सवाल सुनेपछि प्रहरी उपरीक्षक विपिन रेग्मीले नागरिकको शान्ती सुरक्षा आफूहरुको प्राथमीकातमा रहेको बताउनुभयो । प्रहरी सामुदायिक कार्यक्रम मार्फत नागरिकसँगको सम्बन्ध स्थापित गर्दै चोरी, तस्कारी र लागु औषध नियन्त्रण, शान्ती सुरक्षा सहित ग्रामिण ट्राफिक व्यवस्थापनमा आफूहरु लागि परेको बताउनुभयो । खुल्ला सिमानाले चोरीतस्कारी, लागु औषध ओसारपसार दुव्र्यसन, ट्राफिक व्यवस्थापन सबैको टाउको दुखाई बनेकोले त्यसमा नागरिक सहित जनप्रतिनिधिहरुको समन्वयमा नियन्त्रण र रोकथाम गर्ने रेग्मीले बताउनुभयो । ट्राफिक ब्यबस्थापनलाई सहज बनाउन गाउँटोलका नागरिकलाई ट्राफिक नियम पालना गर्न उहाँले आग्रह गर्नुभयो ।

सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीको अध्यक्षतामा सम्पन्न भएको उत्त कार्यक्रममा प्रमुख अतिथि रहेको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले प्रहरी र आम सर्वसाधारणको समबन्ध सुमधुर हुनुपर्ने भताएका थिए। अरु माथि कुरा उठाएर आफु आफ्नो कर्तव्य बाट पन्छिन नहुने कुरामा जोड दिएका थिए । स्थानीय सरकारले करौडो खर्च गरेर बनाएको सडक बाटोघाटोमा स्थानीयहरु स्वयंले दाउरा राख्ने, पराल राख्ने, सनपाट राख्ने, मकै सुकाउने गर्नाले दुर्घटनाको जोखिम उच्च रहेकोले आफ्नो कर्तव्य बुझ्नु पर्ने बताएका थिए । चोरी, तस्करी , सडक दुर्घटनामा निगरानी बढाउन गाउँपालिकाले सिसि टिभी क्यामरा जडान गर्न लागिएको समेत बताएका थिए ।

त्यस्तै कार्यक्रमका विसिष्ठ अतिथि देवनागञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले सिमावर्ती क्षेत्रका जनतालाई प्रहरी प्रशासनले न सताई सहज रुपमा बोडर आरपार गर्ने वातावरणको सृजना गरी दिन आग्रह गरेका थिए। बिभिन्न कुराहरुमा सर्वसाधारणलाई सास्ती खेप्नुपरेकोले त्यसको अन्त्य गरी प्रहरी मेरो साथी हो भन्ने भावको सृजना हुने कुरामा जोड दिएका थिए । किसानहरूले ल्याउने गरेको खाधमल, बिउबिजन ल्याउन दिनुपर्ने, चाँडबाडको बेला घरायसी सामान ल्याउन दिनु पर्ने र भारतीय गाडीलाई रातिरातीको समयमा आवतजावत गर्न रोक लाउनु पर्ने माग गरेका थिए ।

सम्पन्न कार्यक्रममा हरिनगर, देवानगञ्ज र बर्जु गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बिभिन्न प्रहरी युनिटका प्रहरी, समाजसेवी, बुद्धिजीवि, बिभिन्न लघुवित्तका प्रतिनिधि, स्थानीय व्यवसायीहरुको सहभागिता रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]