
हरिनगर । सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिका लगायत अन्य स्थानिय तहमा यही चैत्र ७ गतेदेखि सञ्चालन हुन लागेको आधारभूत तह कक्षा ८ परीक्षाको सम्पूर्ण तयारी हरिनरमा पुरा भएको छ।
आईतवार गाउँपालिकामा बसेको सरोकारवालाहरुको बैठकले बिभिन्न निर्णयहरु गर्दै परिक्षामा सहभागी हुने ८११ जना विद्यार्थीको लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका छन्।
पालिका भित्रका ३ ओटा सामुदायिक विद्यालयमा परिक्षा केन्द्र कायम गरिएको छ। जस्मा श्री वालकृष्ण माध्यमिक विद्यालय रामनगर भुटाहा, श्री हरिनगरा माध्यमिक विद्यालय, हरिनगरा र श्री माध्यमिक विद्यालय सुकसेना रहेको छ।
श्री बालकृष्ण माध्यमिक विद्यालय, रामनगर भुटाहामा ७ ओटा बिद्यालयका २०५ जना विद्यार्थीले परीक्षा दिने छन् जस्को केन्द्राध्यक्षको रुपमा श्री जनता माध्यमिक विद्यालय, गौतम पुराक प्रधानाध्यापक लिलिनाथ सिलवाललाई तोकिएको छ।
त्यसैगरी श्री हरिनगरा माध्यमिक विद्यालय, हरिनगरामा ६ ओटा बिद्यालयका ३२२ जना विद्यार्थीले परीक्षा दिने छन्। जस्को केन्द्राध्यक्षको रुपमा सोही बिद्यालयका शिक्षक आनन्द कुमार मेहतालाई तोकिएको छ।
त्यस्तै श्री माध्यमिक विद्यालय, सुकसेनामा ५ ओटा बिद्यालयका २८४ जना विद्यार्थीले परीक्षा दिने छन्। जस्को केन्द्राध्यक्षको रुपमा सोही बिद्यालयका प्रध्यानाध्यापक महानन्द मेहतालाई तोकिएको शिक्षा शाखामा कार्यरत अजित मलिकले जानकारी दिनुभयो।
परिक्षा सभ्य, मर्यादित र भयरहित वातावरणमा संचालन गर्न २१ बुंदे आचार संहिता समेत परीक्षा केन्द्रमा खटिएर जाने केन्द्राध्यक्ष, स-केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी तथा सरोकारवालाहरुले पालना गर्नुपर्ने गरी सर्व-सहमतिले पारित गरेको छ।
आचारसंहिता विपरीत कार्य कोहि कसैले गरेमा रु. १,००,०००/- सम्म जरिवाना र छ महिनासम्म कैद गर्न सकिने शिक्षा शाखाले जनाइएको छ।