०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

मठ मन्दिर र मस्जिद मदरसाको सम्पत्ति विवरण माग

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, भाद्र २८, २०८०

देवानगञ्ज । कोशी प्रदेश स्थिति सुनसरीको देवानगञ्ज गाउँपालिका २ नम्बर वडा कार्यलयले वडा भित्र रहेको मठ, मन्दिर, मस्जिद र मदरसालाई व्यवस्थित गर्न दर्ता नविकरण भए/नभएको लगायत उक्त मठ, मन्दिर, मस्जिद, मदरसाहरुको नाममा रहेको चल अचल सम्पत्तिको विवरण एक महिना भित्र बुझाउन सुचना जारी गर्दै माग गरेको छ ।

वडा कार्यालयमा यकिन विवरण न हुँदा मनोमानी रुपमा स्थानीयहरुले मठ मन्दिर तथा मस्जिदहरुको सम्पत्ति व्यक्तिगत लाभको लागि प्रयोग गर्दै आइरहेको छ। वडा भित्र रहेको मठ मन्दिर तथा मस्जिद व्यवस्थित नभएकोले सरकारी निकायबाट दिने सेवा सुविधा गलत नियतले सिमित व्यक्तिहरु निजी स्वार्थको लागि प्रयोग गरिरहेको चौतर्फी गुणासोको आधारमा उक्त निर्णय गरिएको वडाअध्यक्ष जघनारायण मेहताको भनाई रहेको छ ।

उक्त समय सिमा भित्र विवरण नबुझाएको खण्डमा वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधा र विनियोजित बजेट समेत रोक्का गरिने चेतावनी समेत दिएको छ।

“उपरोक्त सम्बन्धमा देवानगञ्ज गाउँपालिका २ नं वडा कार्यालयको मिति २०८०/०५/ १९ गते बसेको बैठकको निर्णय अनुसार २ नं वडा अन्तर्गत धार्मिक मण्ठ मन्दिर
तथा मस्जिद दर्ता र नवीकरण, चल अचल श्री सम्पति विवरण खुलाई सार्वजनिक गर्ने नगरेमा वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधा, विनियोजित बजेट समेत रोक्का हुने १ (एक) महिना भित्र दर्ता र नवीकरण गर्नको लागि यो सुचना प्रकाशित गरीएको व्यहोरा ” जारी गरेको सुचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]