०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

कृष्ण जन्माष्टमीको अवसरमा हरिनगरमा दोस्रो रथयात्रा निकालिने

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, भाद्र ०६, २०८१

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

हरिनगर । राधाकृष्ण जन्माष्टमीको अवसरमा हरिनगरको प्रसिद्ध माहाविर बजरंगवली मन्दिरबाट दोस्रो रथयात्रा निकालिने भएको छ । धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ । सोही बमोजिम भगवान राधा र कृष्णको मूर्तिलाई विशेष रूपमा सजाइएको रथमा राखेर नगरभरि परिक्रमा गरिनेछ। रथयात्रा हरिनगरको मुख्य मन्दिरबाट सुरु भएर नगरका प्रमुख सडकहरू हुँदै विभिन्न स्थानसम्म पुर्याइनेछ। यस क्रममा, श्रद्धालुहरूले रथमा फुलको वर्षा गर्ने, आरती गर्ने, र भगवानलाई मिष्ठान्न प्रसाद अर्पण गर्ने तयारी गरेको छ।

हरिनगरकोको ऐतिहासीक एवं धरोहरको रुपमा रहेको माहाविर बजरंगवली मन्दिरबाट श्री कृष्ण जन्माष्टमीको अवसरमा वृहत्त रथ यात्रा निकिलिने समितिका अध्यक्ष मनोज राउतले जानकारी दिनुभयो। गत वर्षदेखि सुरु भएको रथ यात्रालाई यसवर्ष निरन्तरता दिँदै थप भव्य रुपमा रथयात्रा निकालिने तयारी भइरहेको अध्यक्ष राउतले बताए। गत वर्ष रथयात्राका लागि स्थानीय दाताहरूले दान स्वरुप गरेको आर्थिक सहयोगले समितिले बनाएको पुरानो रथलाई थप रंगरोगन, सजावट गरी व्यवस्थित गर्ने काम भइरहेको उनले बताए।

रथयात्रालाई सभ्य र भव्य बनाउनका लागि ७१ सदस्य रथयात्रा समन्वय तथा व्यवस्थापन समिति समेत गठन भएको समितिका सदस्य सुभाष देवले जानकारी दिए।

हरिनगर लगायत आसपासकाका भक्तजनहरुलाई उत्साहका साथ रथयात्रामा सहभागी हुन समितिले आग्रह गरेका छन् । रथयात्रामा सहभागी भएर भजन कीर्तन गाएर रथलाई तानी भगवानको महिमा गर्न अग्रह गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]