०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य तिब्र गतिमा हुँदै

Logo
नमो संवाददाता प्रकाशित आइतबार, साउन २०, २०८१

विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य यति बेला धमाधम भइरहेको छ ।

नयाँ टर्मिनल भवनको भौतिक कार्य १५ महिनाको अवधिमा झण्डै ३८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको ठेक्का लिएको निर्माण कम्पनीले जनाएको छ ।

त्यसैगरी आर्थिक प्रगतीमा ३१ प्रतिशत सम्पन्न भई सम्झौता भएको मिति अगावै हस्तान्तरण गर्ने गरी काम भईरहेको निर्माण कम्पनीले जनाएको छ । ३ वर्षभित्र टर्मिनल भवन निर्माण सम्पन्न गर्ने गरी केसी डाफे जेभीले नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरेको थियो । केसी डाफे जेभीले २०७९ मंसिर ११ गते सम्झौता गरे पनि केही महिनापछि मात्र काम सुरु गरेको थियो । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले २०७९ फागुन १ गते टर्मिनल भवनको शिलान्यास गरेका थिए । शिलान्यासपछि विमानस्थलका पार्किङ ,होटल रेष्टुरेन्ट लगायतका भवनहरु सार्नुपर्ने भएकाले काम सुचारु गर्नको लागी केही समय लागेको थियो ।

३ अर्व १२ करोड रुपैयाँ लागतमा बन्न लागेको अत्याधुनिक टर्मिनल भवन कोशी प्रदेशको लागी एक नमुनाको रुपमा रहने आशा लिएको छ ।
भवन बनिसकेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, पोखरा, भैरहवाको जस्तै सुविधा सम्प्पन्न अन्तराष्ट्रिय स्तरको नयाँ टर्मिनल भवन बन्ने केशी डाफे जेभीका प्रोजेक्ट मेनेजर रमेश पौडेलले बताउनुभयो ।

विराटनगरको नयाँ टर्मिनल भवनबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान हुने सम्मको लागी काम थालनी भईरहेको पौडेलले आवर विराटनगरलाई जानकारी दिनुभयो । टर्मिनल भवन निर्माण सम्पन्न भईसकेपछि पुर्वको एउटा गौरवपुर्ण योजना मान्नुपर्छ । नागरिक उड्डयन प्राधिकरणले कोशी प्रदेशको राजधानी विराटनगकरमा बनाउन लागेको यो एउटा गौरवपुर्ण योजनाले भने पक्कै पनि विकासको एउटा छाप छाड्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]