०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

१०१ केजी गाँजा सहित तिन जना पक्राउ

Logo
नमो अनलाईन प्रकाशित सोमबार, आषाढ ३२, २०८१

तस्विर : नमो अनलाईन

हरिनगर । धरान-१३ की ४२ वर्षीय लक्ष्मी राई विक, धनकुटा साँगुरीढी-२ का ३४ वर्षीय सुभाष नोयोहाङ र कार चालक केराबारी-५ का ३६ वर्षीय सुरेश लिम्बुलाई प्रहरीले १०१ गाँजा सहित आइतबार पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई विराटनगर-४ ईक्राहीबाट १०१ केजी गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।

मोरङ जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले दिउसो ३ बजे बा ६ च ४६८९ नम्बरको कारमा लागुऔषध गाँजा ल्याउँदै गरेको सूचना अनुसार कारको चेकजाँच गर्दा उक्त परिमाणको गाँजा कारको डिकीबाट बरामद भएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]