०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

हरिनगरबाट १ करौड १ लाख रुपैया सहित अंसारी पक्राउ

Logo
ब्रहमदेव मेहता प्रकाशित शनिबार, जेठ १९, २०८१

तस्विर : नमो अनलाइन

हरिनगर । सुनसरीको हरिनगर गाउपालिका वडा नं ५ स्थित बसन्तपुरमा दुर्गा मन्दिर नजिक रहेको चेक पोइन्टबाट सशसत्र प्रहरी बल सुनसरीले १ करौड १ लाख नेपाली रुपैँया सहित एक जनालाई पक्राउ गरिएको छ ।

प्रहरीले पाएको गोप्य सूचनाको आधारमा ३५ बर्षिय इशा अंसारीलाई रङ्गेहात पक्राउ गरिएको हो ।

साँझ करिब ८ बजेको समयमा प्रहरीले एक गाडि चेक जाँच गर्ने क्रममा पैसा सहित व्यक्ती पक्राउ गरेका छन् । सुनसरी , राजश्व विभागको टोली अहिले घटना स्थल तर्फ गएको जानकारी प्राप्त भएको छ ।

एक प्रहरी अधिकृतले भने , अंसारी विदशी एजेण्ट रहेको समेत सूचना प्राप्त भएकाले , थप अनुसन्धान एवम सूचनालाई भेरिफाई गर्न लागेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]