०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, जेठ ०३, २०८१

तस्विर : नमो अनलाईन

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ । हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ रहेकोमा त्यो १५४ रुपैयाँमा झरेको छ । भारतबाट आयात हुने पेट्रोलको मूल्य घटेर आएकाले नेपालमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]