०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

२०८१ वैशाख २६ गते बुधबारको तपाईको राशिफल

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, बैशाख २७, २०८१

तस्विर : नमो अनलाईन

आज मिति वि.सं.२०८१ बैशाख २६ गते बुधबार ई.सं.२०२४ मे ०८ नेपाल सम्बत ११४४ चौलागा औंसी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण औंसी, चन्द्रमा मेष राशिमा भरणी नक्षत्र, सौभाग्य योग, नाग करण । आज नेपालमा सूर्योदय बिहान ०५:१९ बजे भयो भने सूर्यास्त साँझ ०६:४१ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भविष्यका लागि विशेष काममा जग बसाउने अवसर आएको छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुने योग छ । शुभ समाचार प्राप्त हुनेछ । अनुकूलता वृद्धि हुनेछ । आमोदप्रमोदमा रम्ने समय छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । स्वास्थ्य पनि सामान्यरूपले कमजोर रहला । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । काम पूरा नहुनाले मन उदास तुल्याउला । आरोग्यता भने बढ्नेछ । मिठो भोजन प्राप्त होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्ने दिन छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुने योग रहेको छ । साथीभाइको सहयोगले हिम्मत दिलाउला । तथापि, समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । आजको दिन लेनदेन नगर्नु हितकर हुनेछ । विगतका समस्या बल्झिन सक्छन्, सावधान रहनुहोला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय चुनौतीयुक्त छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर होला । चोरी वा ठगीमा परिने सम्भावना छ भने अनावश्यक दौडधुपमा समय खेर जान सक्छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि भने न्युन रहला । दिनको उत्तरार्द्धमा अनुकूलता बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागको भाव अभिवृद्धि होला । पारिवारिक सुख मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइने योग छ । रमाइलो यात्रा हुने सम्भावना छ । सार्वजनिक कार्यक्रममा आकर्षण रहला । बौद्धिक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ भने कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम्पत्य सुख मिल्नुका साथै प्रेमभाव बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने तथा व्यापारमा पनि राम्रै फाइदा हुने दिन छ । कीर्तिमानी काम होला । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । आजको दिन सवारीसाधन प्रयोग गर्दाचाहिँ विशेष सावधानी अपनाउनु हितकर होला । यशवर्चश्व बढ्नेछ भने विलासी काममा आकर्षण रहनेछ । प्रेमभाव बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने तथा लाभ हुने काम प्रारम्भ गर्ने समय छ । श्रमको उचित मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्नेछ । कामको चापबाट फुर्सद मिल्नुका साथै रमाइलो यात्रा गर्ने अवसर जुट्ने योग छ । अनुकूलताका साथै पराक्रम बढ्नेछ । आरोग्यता रहनेछ । सुख सुविधाको वस्तुमा केही खर्च हुन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साझेदारीमा राम्रो फाइदा होला । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । पराक्रमका साथै मान महत्व वृद्धि हुनेछ । रचनात्मक कार्य काम बन्नेछ भने गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । प्रतिष्पर्धीहरुले काममा झमेला पैदा गरिदिन सक्छन्, होसियार रहनुहोला । आजको दिन अरूका विषयमा चासो नदिएकै बेस हुनेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्ने योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । सन्तान पक्षबाट सुख मिल्ला । मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । आरोग्यता र अनुकूलता बढ्नेछ । रोकिएको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]