०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

वैशाख २४ गते सोमबारको राशिफल, यी ६ राशिका मानिसहरूको भाग्य चम्किदै

Logo
नमो अनलाईन प्रकाशित सोमबार, बैशाख २४, २०८१

तस्विर : नमो अनलाईन

आज मिति वि.सं.२०८१ बैशाख २४ गते सोमबार ई.सं.२०२४ मे ०६ नेपाल सम्बत ११४४ चौलागा त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण त्रयोदशी, चन्द्रमा मीन राशिमा रेवती नक्षत्र, प्रीति योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:२० बजे भयो भने सूर्यास्त साँझ ०६:४० बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तथापि, नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ । स्वादिष्ट भोजनमा मन रमाउला । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्ने योग छ । कर्मबल र दायित्व बढ्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सोचेको काम सफलता पूर्वक सम्पन्न हुने समय भएपनि आजको दिन नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनुपर्ने समय छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ, तर आजको दिन नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ । काम बिग्रने डरले चाहिँ सताइरहन सक्छ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । कसैलाई जथाभावी वचन दिने कार्य नगर्नु हितकर होला । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस् । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन रमाइलैसँग बित्नेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । तपाईंको कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । रमाइलो यात्राको योग रहेको छ । पारिवारिक सुख मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । ठूलै फाइदाको आश्वासन पनि मिल्न सक्छ र, विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । कुनै कलात्मक काम रोकिएको छ भने आज प्रयास गर्दा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्, सावधानीपूर्वक काम गर्नुहोला । प्रेमभाव बढ्नेछ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): पारिवारिक जमघटमा मन रमाउनेछ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै लाभ मिल्नेछ । तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ, सावधान रहनुहोला । विलासी काममा आकर्षण बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । काममा लगानीको समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला, तर त्यसले धनलाभ गराउने सम्भावना छ । उत्साह बढ्नेछ तर असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । व्यस्तता बढ्नेछ । मिठो भोजन प्राप्त होला । आरोग्यता रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा होला । सहयोगीहरूबाट अलिक धोका पाइने योग रहेकोले सचेत रहनुहोला । आज खर्चको मात्रा बढ्ने देखिन्छ, फजुल खर्चबाट जोगिने प्रयास गर्नुहोला । खेलकुद तथा रसरागात्मक काममा आकर्षण बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लाभ हुने काम प्रारम्भ गर्ने समय छ र गरिएका कामको मूल्यांकन पनि राम्रै हुनेछ । तर, स्वास्थ्यप्रति चाहिँ आजको दिन विशेष ख्याल राख्नु हितकर हुनेछ । साझेदारीमा फाइदा हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्ला । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्य सार्थक रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । अनावश्यक विवादमा परिने समय रहेकोले सचेतनाको आवश्यकता छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, होसियारीसाथ काम लिनुपर्ने समय छ । विवेक पुऱ्याउँदा सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । व्यावसायिक काममा मनग्य फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । आफन्तको साथ कमै मिलेपनि अनुकूलता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख-विलासका साथ मिठो भोजन प्राप्त होला ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]