०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

वैशाख २३ गते आईतबारको राशिफल

Logo
नमो अनलाईन प्रकाशित आइतबार, बैशाख २३, २०८१

तस्विर : नमो अनलाईन

आज मिति वि.सं.२०८१ बैशाख २३ गते आईतबार ई.सं.२०२४ मे ०५ नेपाल सम्बत ११४४ चौलागा द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण द्धादशी, चन्द्रमा मीन राशिमा उत्तरभाद्र नक्षत्र, वैधृति योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५:२१ बजे भयो भने सूर्यास्त साँझ ०६:३९ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ, र पनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । सकारात्मक अवसरहरू आउनेछन्, मन प्रशन्न रहनेछ । साथीभाइबाट हौसला मिल्नेछ, काममा आफन्तजनको सहयोग रहनेछ । कर्मबल, बौद्धिकता र रचनात्मकता बढ्नेछ । कामको यात्रा सफल रहला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): भाग्यबल बढ्नेछ । आयआर्जनको दृष्टिले दिन राम्रै छ । उद्योग एवम् व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुने योग पनि छ । स्वास्थ्यमा भने आजको दिन विशेष ध्यान राख्नु हितकर हुनेछ । मनोरन्जनात्मक क्रियाकलापमा समय ब्यतीत होला । परिवारिक सुख रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन वित्तादि लाभ हुने देखिन्छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जांगर पलाएर आउने छ भने ब्यापार ब्यावसायमा फाइदा नै होला । तथापि, सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन, ध्यान राख्नुहोला । ब्यस्तता बढ्नेछ । आरोग्यता रहनेछ । मान महत्व वृद्धि हुनेछ । ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): महत्वपूर्ण काममा स्वास्थ्य बाधक बन्न सक्ने समय छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । छरछिमेकमा विवादको सम्भावना छ, सावधान रहनुहोला । श्रमको समुचित मूल्यांकन नहुन सक्छ, रुपैयाँपैसा हराउन सक्छ, विशेष सचेतना राख्नु हितकर होला । दाम्पत्य सुख र सामर्थ्य बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम बिग्रने डरले सताएपनि व्यापार ब्याबसायमा राम्रै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । मानसम्मानमा आघात पुग्न सक्ने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । आरोग्यता र साहस बढ्नेछ । विजयश्री प्राप्त हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । प्रेमभाव बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता बढ्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्न सक्छ । आरोग्यता र सुख-शान्ति वृद्धि हुनेछ । विलासी कार्यमा खर्च हुन सक्छ, सचेत रहनु बेस ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहला । मुख्य काममा बाधा हुने देखिन्छ । स्वास्थ्य पनि त्यत्ति सवल नरहन सक्छ । पढाइलेखाइमा खासै मन नजाला । धेरै लगानीका बाबजुद कम प्रतिफल प्राप्त हुने योग छ । तथापि, समस्याको समाधान निस्कनेछ । प्रतिष्पर्धामा तपाईंकै जित हुनेछ । रसरागमा रुचि बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । अध्ययन-अध्यापन कार्यमा प्रगति हुनेछ । आरोग्यता बढ्नेछ । यात्रामा सफलता हातपर्नेछ । मिठो भोजन प्राप्त होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा होला । आयआर्जनका स्रोत बढ्नेछन् भने नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । अरूका विषयमा अनावश्यक चासो राख्दा विवादमा पर्ने योग छ, सचेत रहनुहोस् । आफन्तजनको साथ-सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): समय चुनौतीपूर्ण छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ने योग रहेकोले सचेत रहनुहोला ।सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । मित्रजनको साथ मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने दिन छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाको योग छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । स्वास्थ्यमा सामान्य समस्या रहला, व्यावसायिक काममा पनि समस्या आउन सक्छ । तथापि, भय–भ्रम हट्ने, सन्तानसुख मिल्ने र शत्रुमाथि विजय प्राप्त हुने समय छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]