०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक युवा पक्राउ

Logo
नमो संवाददाता प्रकाशित सोमबार, बैशाख १७, २०८१

तस्विर : नमो अनलाईन

विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक किशोरलाई प्रहरीले आगो लगाउँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप नगरपालिका– ३ साँघुटारका १९ वर्षीय सुवास महत रहेका छन्।

उनले आफ्नै गाउँको कालिकादेवी सामुदायिक वनमा आगो लगाउँदै गर्दा जंगलबाट प्रहरीले पक्राउ गरेको हो । महतले सामुदायिक वनको विभिन्न ठाउँमा आगो लगाउँदै हिँडेको स्थानीयले देखेपछि प्रहरी चौकी साँघुटारमा खबर गरेका थिए ।

स्थानीयले दिएको सूचनाको आधारमा घटनास्थलमा पुगेको प्रहरीले आगो लगाउँदै गर्दा महतलाई पक्राउ गर्न सफल भएको हो। आगलागीमा संलग्न रहेका महतलाई प्रहरीले अदालतवाट म्याद थप गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]