०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

कतारमा १५ सय कामदार पाँच महिनादेखि तलबविहीन

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, बैशाख १४, २०८१

काठमाडौँ । कतारको अल जावर पार्टनर्स कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब पाएका छैनन् । तलब र काम गर्न सामग्री नआएपछि १४ अप्रिलबाट काम रोकिएको छ ।

पीडित कामदारलाई गैरआवासीय नेपाली संघ कतारले कतारको श्रम विभाग र कतार च्यारिटीसँग समन्वय गरी तत्काल खाद्यान्न उपलब्ध गराएको छ । कम्पनीले कामदारलाई तलब दिन सकेपछि खाना पनि दिएको छैन ।

‘यो ठूलो कम्पनी हो । कम्पनीले हामीलाई तलब दिन्छ भनेर पर्खिवसेका थियौ । हामीले खाना आफ्नै पैसाले नै खाँदै आएको थियौं । अहिले हामीसँग पैसा नै छैन । बिचल्लीको अवस्थामा आउनुपर्‍यो,’ एक कामदारले भने ।

उनीहरूले अल जावरमार्फत कतारको सरकारी प्रोजेक्टमा काम गर्थे । कतार सरकारले नै ठेक्काको पैसा उपलब्ध नगराएको कारण आफूहरूले तलब दिन नसकेको सूचना कामदारलाई दिएको छ । पीडित कामदारले नेपाली दूतावाससमक्ष तलब दिई तत्काल उद्धार गर्न अनुरोध गरेको छ ।

कामदारको समस्या समाधान गर्न एनआरएन, कतारले कतारको श्रम मन्त्रालयका उच्च अधिकारीहरूसँग छलफल गरेका थिए । कतारको श्रम मन्त्रालयको प्रवासी श्रमिक मामिलाका लागि सहायक उपसचिव शेखा नजवा अल–थानीले कामदारलाई खाद्यान्नको अभाव हुन नदिने बताउँदै समस्या समाधान गर्न पहल गरिने प्रतिबद्धता जनाएकी छन् ।

एनआरएन, कतारका श्रमिक कल्याण समितिका प्रमुख कृष्ण पन्थीले कामदारलाई खाद्यान्न अभाव हुन नदिने गरी काम भइरहेको बताए । ‘यो समस्या समाधान हुनेमा हामी आशावादी छौं । उहाँहरुले पाउनुपर्ने तलब दिलाउन सम्बन्धित निकायको ध्यानकर्षण भइरहेको छ,’ उनले भने ।

यो कम्पनीमा साढे दुई वर्षदेखि करिब २० वर्षसम्म काम गरेका कामदार रहेका छन् । कम्पनीका ४ वटा साइड चलेका थिए । स्थानीय प्रहरीले कम्पनीसमक्ष दुई पटक कुरा गरिसकेका छन् । कम्पनीले तलब दिने भाका सार्दै गइरहेको छ । कम्पनीले सोमबारसम्म बक्यौता तलब दिई स्वदेश फिर्ता गर्ने जनाएको छ । कान्तिपुरबाट सभार ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]