०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

मेयर साम्पाङले काठमाडौंमा गरे एकल प्रदर्शन, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, चैत्र २०, २०८०

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले ०८४ को निर्वाचनअघि संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।

पछिल्ला केही दिनदेखि काठमाडौंमा रहेका साम्पाङले आज ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर’ भन्ने पोष्टरसहित उभिएर प्रदर्शन गरेका हुन्।

यो मुद्दामा सबै जनता उभिन आवश्यक भइसकेको भन्दै उनले अहिलेको संसद्ले ०८४ को निर्वाचनअघि यो मुद्दा संविधानमा व्यवस्था गरोस् भन्ने माग गरे ।

उनले भिडियो सन्देशसमेत जारी गरेका छन्। सन्देशमा उनले प्रत्येक मंगलबार आफूले ‘जनमतबार’को रूपमा मनाउने गरेको र धरानमा हुँदा यसैगरी प्रदर्शन गर्ने गरेको भन्दै अहिले काठमाडौं आएका वेला पनि यसलाई निरन्तरता दिएको बताएका छन् ।

‘मित्रहरू, आज पनि जनमत बार। आज म काठमाडौंमा छु। सधैँ धरानमा गरिन्थ्यो । आज काठमाडौंमा पनि यसलाई निरन्तरता दिएको छु,’ उनले भनेका छन्, ‘देशमा जनताले प्रत्यक्ष कार्यकारी प्रमुख चुन्न पाउने व्यवस्था लागू गर्नुपर्छ भनेर मैले प्रदर्शन गरेर उभिएको हुँ। अब यो देशका सबै नागरिक यसरी उभिनुपर्ने अवस्था आएको छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्जमा युवाहरुलाई रोजगारीमुखी बनाउने लक्ष्यका साथ इलेक्ट्रिकल सीप विकास तालिम सुरु भएको छ। देवानगञ्ज गाउँपालिकाको आर्थिक सहयोगमा जय नेपाल होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ्ग प्रालिको प्राविधिक सहयोगमा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित इलेक्ट्रिकल सीप विकास तालिमको सुरुवात एक विशेष समारोहबीच उद्घाटन गरी सरु गरिएको हो। उद्घाटन समारोहमा देवानगञ्ज […]

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]