०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

काङग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुन्छ : उपसभापति गुरुङ्ग

Logo
अजित झा प्रकाशित शनिबार, चैत्र १७, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । नेपाली काङग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङ्गले काङग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा शुक्रबार नेपाल प्रेस युनियन सुनसरी शाखाले आयोजना गरेको लोकतन्त्रमा सञ्चार माध्यमको भुमिका बिषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो ।

लोकतन्त्रलाई बलियो र मजबुत बनाउनका लागि सबैले एक ढिक्का भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । काङग्रेसको टिकटबाट निर्वाचित जनप्रतिनीधिले कुनै पनि प्रश्न नउठने गरि काम गर्नुपर्नेमा उपसभापति गुरुङ्गले उल्लेख गर्नुभयो ।

नेपाली काङग्रेसको टिकटबाट निर्वाचित भएका वडा सदस्य देखि प्रधानमन्त्री सम्मले जनताले प्रश्न नउठाउने गरि काम गरेको खण्डमा मात्र काङग्रेस बलियो हुने र काङगे्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुने उपसभापति गुरुङ्गले बताउनुभयो ।

उहाँले नेपाली काङग्रेसको टिकटबाट निर्वाचित भएका सबै जनप्रतिनीधि देखि प्रधानमन्त्री सम्मको सम्पति छानविन गर्नुपर्नेमा जोड दिनुभयो । पार्टी भित्रको नीतिगत र रणनीतिगत छलफल कहाँ गर्ने बिषयमा सबैले सोच्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

नेपाली काङग्रेसका नेता तथा कार्यकर्ताले कति बेला प्राविधिक कुरा गर्ने र कति बेला नीतिगत कुरा गर्ने बिषयमा अल्झीने गरेका कारणले पटक–पटक समस्या उत्पन्न हुने गरेको उहाँले जिकिर गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्जमा युवाहरुलाई रोजगारीमुखी बनाउने लक्ष्यका साथ इलेक्ट्रिकल सीप विकास तालिम सुरु भएको छ। देवानगञ्ज गाउँपालिकाको आर्थिक सहयोगमा जय नेपाल होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ्ग प्रालिको प्राविधिक सहयोगमा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित इलेक्ट्रिकल सीप विकास तालिमको सुरुवात एक विशेष समारोहबीच उद्घाटन गरी सरु गरिएको हो। उद्घाटन समारोहमा देवानगञ्ज […]

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]