
देवानगञ्ज । हिन्दू स्वयंसेवक संघ नेपाललेको आयोजनामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा – २०८० सम्पन्न भएको छ । नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले सुनसरीको देवानगञ्ज गाउँपालिका स्थित श्री कृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको उत्त कार्यक्रम मंगलवार सम्पन्न भएको हो ।
बहुवैकल्पिक उत्तरसहित ५० वटा प्रश्न सोधिएको परीक्षामा हरिनगर र देवानगञ्जका विद्यालयहरूबाट चार सय बढी विद्यार्थी सहभागी रहेका थिए । तीमध्ये २१ जनाले सबै प्रश्नको सही उत्तर मिलाएर शतप्रतिशत अङ्क प्राप्त गरेका थिए । सही उत्तर दिनेमध्येबाट गोलाप्रथाका आधारमा प्रथम, द्वितीय, तृतीय, सान्त्वना तथा उप-सान्त्वना विजेता छनोट गरिएको थियो ।
हरिनगर गाउँपालिकाको हरिनगरा माध्यमिक विद्यालयका, कक्षा ७ मा अध्यनरत प्रमिसा कुमारी यादव प्रथम भएका थिए। उनले प्रमाणपत्र सहित १५ हजार रुपैयाँ नगद पुरस्कार पाए । त्यस्तै देवानगञ्ज गाउँपालिकाको कान्तिपुर ईङ्गलिस बोर्डिङ्ग स्कुल, कक्षा ८ मा अध्ययनरत अर्जुन कुमार मेहताले दोस्रो स्थान हात पारेका थिए। भने हरिनगरा माध्यमिक विद्यालयका कक्षा ७ मै अध्ययनरत अनिस कुमार मेहता तेस्रो बन्न सफल भयो । द्वितीय र तृतीयले क्रमशः १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार एवं प्रमाण पाए । तोकिएको सान्त्वना अन्तर्गत १० जनालाई प्रमाणपत्रसहित प्रति व्यक्ति एक हजार नगद पुरस्कार एवं प्रमाणपत्र पाएको थियो भने बाँकी उप-सान्त्वना ८ जनाले प्रति व्यत्ति पाँच सय नगद पुरुषकार प्राप्त गरेका थिए ।
संघले वि.सं. २०७१ बाट निरन्तर रूपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा देशभर आयोजना गर्दैआएको छ ।