०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

झापामा १३ वर्षकी बालिकाले जन्माईन छोरी

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, फाल्गुण ०४, २०८०

तस्विर : नमो अनलाईन

बिर्तामोड । झापाको अर्जुनधारा–३ स्थित अमलडाँगी निवासी ज्योती दर्जी १३ वर्षकी भइन् । उनको यसै वर्ष मात्र प्रेम विवाह भएको उनी बताउँछिन् । गएराति मात्र उनले छोरीलाई जन्म दिएकी छन् ।

प्रत्सव पिडा भएपछि उनी गएराति १०ः१४ मा खुदुनावारी स्वास्थ्या चौकी भर्ना भएकी थिइन् । २०६६ साल चैत्रमा जन्मीएकी ज्योतीले २ केजी २ सय ग्रामको छोरीलाई जन्म दिएको स्वास्थ्य चौकी खुदुनाबारीका प्रमुख डम्बर बल्लभ मिश्रले जानकारी दिए ।

बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो भएकाले डिस्चार्ज समेत गरिसकेको मिश्रले बताए । ज्योती सहित खुदुनाबारी स्वास्थ्य चौकीमा यसै आर्थिक वर्षमा मात्र १६ जनाले बच्चा जन्माएको प्रमुख मिश्रले जानकारी दिए । कानूनले बाल विवाहलाई बर्जित गरेपनि अज्ञानका कारण नेपालमा बाल विवाह रोकिएको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्जमा युवाहरुलाई रोजगारीमुखी बनाउने लक्ष्यका साथ इलेक्ट्रिकल सीप विकास तालिम सुरु भएको छ। देवानगञ्ज गाउँपालिकाको आर्थिक सहयोगमा जय नेपाल होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ्ग प्रालिको प्राविधिक सहयोगमा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित इलेक्ट्रिकल सीप विकास तालिमको सुरुवात एक विशेष समारोहबीच उद्घाटन गरी सरु गरिएको हो। उद्घाटन समारोहमा देवानगञ्ज […]

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]