०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

काठमाडौंमा एक महिला मृत फेला, हत्याको आशंका

Logo
नमो संवाददाता प्रकाशित शनिबार, माघ २७, २०८०

तस्विर : फाईल

काठमाडौं । काठमाडौंमा एक जना महिला मृत फेला परेकी छन्।

शनिबार अपराह्नमा काठमाडौं महानगरपालिका वडा नम्बर ९ विजयचोकस्थित एक होटलमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

‘सिराहा धनुषा होटल एन्ड लज’ नामक होटलमा अन्दाजी ४५-५० वर्षीया महिला मृत फेला परेकी हुन्।

उनको पहिचान खुलेको छैन। प्रहरीले उनको पहिचान खुलाउने प्रयास गरिरहेको छ। महिलाको मृत्यु शंकास्पद भएको एसएसपी खत्रीले बताए। प्रहरी वृत्त गौशालाबाट अनुसन्धान अधिकृतको टोली खटिएको छ। प्रहरीलाई अपराह्न ५ बजेतिर खबर भएको थियो।

प्रहरी स्रोतका अनुसार एक जना पुरूषले उक्त कोठा लिएका थिए। ती पुरूषको पहिचान खुलेको भए पनि ती महिलाको भने पहिचान खुल्न नसकेको हो। पुरूष अहिले फरार छन्।

महिलाको घाँटीमा डोरीले कसेर बेडमा हत्या गरेको देखिएको स्रोतले बताएको छ। यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्जमा युवाहरुलाई रोजगारीमुखी बनाउने लक्ष्यका साथ इलेक्ट्रिकल सीप विकास तालिम सुरु भएको छ। देवानगञ्ज गाउँपालिकाको आर्थिक सहयोगमा जय नेपाल होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ्ग प्रालिको प्राविधिक सहयोगमा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित इलेक्ट्रिकल सीप विकास तालिमको सुरुवात एक विशेष समारोहबीच उद्घाटन गरी सरु गरिएको हो। उद्घाटन समारोहमा देवानगञ्ज […]

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]