०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

चन्द्रमाबाट ल्याएको ३ अर्ब ७५ करोड बर्ष पुरानो चट्टान प्रदर्शन गरिने

Logo
ब्रहमदेव मेहता प्रकाशित शुक्रबार, माघ २६, २०८०

तस्विर : नमो अनलाईन

बर्जु । एभरेष्ट साईन्स सेन्टरले “शान्तिवन देखि चन्द्रमा सम्म – २” मा चन्द्रमाबाट ल्याएको ३ अर्ब ७५ करोड बर्ष पुरानो चट्टान प्रदर्शन गरिने दावी गरेको छ ।

एभरेष्ट साइन्स सेन्टरले सुनसरीको बर्जु गाउँपालिका-५ स्थित सितागञ्जमा रहेको शान्ति वनमा चन्द्रमाको धरातलमा भएको ३ अर्ब ७५ करोड वर्ष पुरानो १२० ग्रामको चट्टानको टुक्रा प्रदर्शन गर्ने भएको हो ।

आजको युग विज्ञान तथा प्रविधिको युग भएकोले कुनै पनि देशको विकास गर्नका लागि विज्ञान तथा प्रविधिको विकास हुनु प्रमुख शर्त हो । त्यसैले नेपालमा पनि विज्ञान तथा प्रविधिको विकास गर्नका लागि केही मात्रामा भएपनि आफ्नो तर्फबाट योगदान पुर्याउन नेपाली प्रथम
विज्ञान केन्द्रका रुपमा सुनसरी जिल्ला, वर्जु गाउँपालिका ५, सीतागञ्ज स्थित शान्तिवनमा एभरेष्ट साईन्स सेन्टर नेपाल सन् २००२ मा अर्थात् आर्थिक वर्ष २०५८/०५९ मा सुरुवात भएको हो । उत्त विज्ञान केन्द्रले स्थापना काल देखि हाल सम्म विभिन्न किसिमका विज्ञान प्रदर्शनी, तालिम, Science and Space Camp, सेमिनार, कार्यशाला गोष्ठी (Workshop) तथा विज्ञान मेलाहरुको आयोजना गर्दै आएको छ । सन् 2013 मा यसले अमेरिकी अन्तरीक्ष संस्था (NASA, Houston, Texas सित सम्झौता गरी यसै केन्द्रको भवनमा “शान्तिवन देखि चन्द्रमा सम्म” (From ESCN to the Moon) शीर्षकमा Apollo-17 वाट ल्याइएको चटटान (Moon Rock) दुई महिनासम्म प्रदर्शन गरिएको एभरेष्ट साईन्स सेन्टरका अध्यक्ष डा. दिलिप अधिकारीले जानकारी दिनुभयो ।

सोही अनुरुप यस पटक पनि आगामी April 11, 2024 देखि October 31, 2024 सम्म ६ महिना यसै विज्ञान केन्द्रमा “शान्तिवन देखि चन्द्रमा सम्म-२” (From ESCN to the Moon-2) शिर्षकमा प्रदर्शन हुन गइरहेको छ । जुन नेपाली नयाँ वर्षको उपलक्ष्यमा २०८१ साल वैशाख ३ गतेदेखि प्रदर्शनमा राखिन लागिएको हो । यो Moon Rock Sample पनि २०१३ मा शान्तिवनमै प्रदर्शनमा राखिएको Sample हो । जस्लाई Apollo-17 बाट चन्द्रमा पुगेका अन्तरिक्षयात्री ज्याक सच्मिरले ल्याएका थिए । राखिन लागिएको Sample को वजन १२० ग्राम छ । यस चट्टानलाई मैयर बसाल्ट (Mare Basalt) भनिन्छ । यो चट्टान ३ अरब ७५ करोड वर्ष पुरानो भएको र पृथ्वीमा पाइने सबैखाले पुराना चट्टान भन्दा 99.99% पुरानो भएको तथ्य यस चट्टानको विस्तृत परीक्षणबाट पुष्टि भएको छ । जुन स्याम्पल Apollo-17 बाट पृथ्वीमा ल्याइएको एउटै ८ kg ११० गम को ठूलो टुक्राबाट
छुट्याएको हो ।

प्रदर्शनीमा राखिने चन्द्रमाको चट्टान (Moon Rock) लाई NASA ले पृथ्वीको कुनै पनि असर नपर्ने गरी पारदर्शी डिजाइनमा राखिने छ। प्रदर्शनीमा सहभागी हुन र निरीक्षण तथा Presentation दिनका लागि 13-22 May. 2024 मा JSC-NASA, Houston, Texas, USA का वरिष्ठ वैज्ञानिकले सप्ताहव्यापी नेपाल भ्रमण गर्नु हुनेछ । यसै अवधिमा विराटनगर (शान्तिवन), काठमाडौं, लुम्बिनी, नेपालगञ्ज र धनगढीमा समेत
प्रस्तुती दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

यस्तो किसिमको प्रदर्शनीले नेपाललाई अन्तरराष्ट्रीय जगतमा चिनाउनुका साथै अध्ययन गरि रहेका बिद्यार्थीहरुका लागि जानकारी मुलक हुने आयोजकको भनाई रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्जमा युवाहरुलाई रोजगारीमुखी बनाउने लक्ष्यका साथ इलेक्ट्रिकल सीप विकास तालिम सुरु भएको छ। देवानगञ्ज गाउँपालिकाको आर्थिक सहयोगमा जय नेपाल होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ्ग प्रालिको प्राविधिक सहयोगमा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित इलेक्ट्रिकल सीप विकास तालिमको सुरुवात एक विशेष समारोहबीच उद्घाटन गरी सरु गरिएको हो। उद्घाटन समारोहमा देवानगञ्ज […]

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]