०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

विकास निर्माणको कार्यलाई प्राथमिकता दिदै इनरुवा नगरपालिका

Logo
अजित झा प्रकाशित बिहिबार, माघ २५, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले बिकास निर्माणको कार्यलाई प्राथमीकता दिदै अगाडि बढ्दै गएको छ ।

नगरपालिकाले नगर भित्र शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा देखिएको समस्या समाधान गर्दै भौतिक पूर्वाधार, सडक, पुल निर्माणको कार्यलाई तिब्रता दिएको छ । इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको अग्रसरतामा नगर क्षेत्र भित्रमा जनताले माग गरेको अधारमा सडकबाटो मर्मत सम्भार, कालोपत्रे, पुल निर्माण, बिद्यालयमा भौतिक संरचना निर्माण, सडकको ग्राइभेल लगायतका कार्यमा तिब्रता दिएको हो ।

इनरुवा १ र ५ को बीचमा रहेको बलहा पुल लामो समय देखि नबन्दा त्यो बाटो भएर आवतजावत गर्ने सवारीसधानलाई समस्या हुदै आएकोमा नगरपालिकाको बिकासे बजेटबाट २ वटा पुल निर्माणको कार्य सम्पन्न गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो । प्रचवि बिल्डर्स इनरुवा २ सुनसरीले पुल निर्माणका लागि ठेक्का लिएका थिए । इनरुवा नगरपालिकालको ३८ लाखको लागमा पुल निर्माणको कार्य समय अगाबै सम्पन्न भएको प्रचवि बिल्डर्स इनरुवा २ का प्रकाश मेहताले बताउनुभयो । पुल निर्माणको कार्य भएपछि लामो तथा छोटो दुरीका सवारीसधानलाई आवतजावत गर्नका लागि सहज भएको छ भने स्थानीयवासीलाई समेत सहजता भएको स्थानीयवासीको भनाई रहेको छ ।

लामो समय देखि साङघुरो पुलका कारणले सवारीसधानलाई आवतजावत गर्ने बेलामा लाइनमा बस्नुपर्ने बाध्यता हुनुका साथै दुर्घटनाको समेत जोखिम रहेकामा पुलि निर्माणको कार्य भएपछि सहजता भएको सवारी चालकको भनाई रहेको छ । २२ फिट चौडाई सहित कालोपत्रे र दुई तर्फ रेलिङग निर्माण गर्ने योजना रहेको मेहताले बताउनुभयो ।

निर्वाचनका बेलामा जनता सामु गरेको प्रतिवद्धता अनुसार विकास निर्माणका कार्यलाई प्राथमिकता दिएको इनरुवा नगरपालिकाका प्रमुख भण्डारीको भनाई रहेको छ । त्यसैगरी इनरुवा १ स्थित अस्पताल रोडको टेम्पु स्टेण्ड सम्मको बाटोको कालोपत्रे कार्य भएपछि समेत स्थानीयलाई सहज भएको नगर क्षेत्रभित्रका व्यवासयले बताउनुभयो ।

लामो समय देखि इनरुवा १ सुपरमार्केट देखि टेम्पू स्टेण्ड सम्मको बाटोमा आवतजावत गर्दा सुख्खा समयमा धुलामय र बर्षाको समयमा हिलामय बाटो भएर आवतजावत गर्दै आएकोमा कालोपत्रे बाटो निर्माण भएपछि स्थानीयवासी तथा सवारी चालकलाई समेत आवतजावत गर्नका लागि सहज भएको छ ।

बाटो नहुदा त्यो बाटो भएर आवतजावत गर्ने बेलामा सवारी सधान बिग्रीनुका साथै सवारीसधानमा बिभिन्न किसिमको समस्या हुदै आएकोमा बाटोमा कालोपत्रे भएपछि सहजता भएको सवारी धनी चन्दन मेहताले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्जमा युवाहरुलाई रोजगारीमुखी बनाउने लक्ष्यका साथ इलेक्ट्रिकल सीप विकास तालिम सुरु भएको छ। देवानगञ्ज गाउँपालिकाको आर्थिक सहयोगमा जय नेपाल होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ्ग प्रालिको प्राविधिक सहयोगमा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित इलेक्ट्रिकल सीप विकास तालिमको सुरुवात एक विशेष समारोहबीच उद्घाटन गरी सरु गरिएको हो। उद्घाटन समारोहमा देवानगञ्ज […]

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]