०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

हरिनगरमा नि:शुल्क स्वास्थ्य शिविर

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, पुष २६, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । सुनसरीकाे हरिनगर गाउँपालिका ४ स्थित रहेको हरिनगरा माध्यमिक विद्यालय प्राङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

लाईफ गार्ड अस्पताल प्रा. लि. को प्राविधिक सहयोग तथा हरिनगर गाउँपालिका वडा नं. ४ सुनसरीको संयुक्त आयोजनामा मिति २०८० पौष २७ गते शुक्रवार बिहान १० : ०० बजे देखि साँझ ५ : ०० सम्म नि:शुल्क स्वास्थ्य शिविर हुने भएको हो ।

शिवशान्ति हेल्थकेयर सेन्टर प्रा. लि. हरिनगर – ४, सुनसरी, HHCRS-NEPAL Health For Society र मेघा पोलिक्लिनिक एण्ड डाईग्नोस्टिक सेन्टर प्रा. लि.
हरिनगर – ४ को सह आयोजनामा हुन गई रहेको उक्त शिविरमा सबै किसिमको स्वास्थ्य समस्याको जाँच गरिने आयोजकले जानकारी गराएको छ। शिविरमा सहभागी भई स्वास्थ्य जाँच गराउन आयोजकले आग्रह समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर। देवानगञ्ज गाउँपालिकामा सोमबारदेखि पाँच दिने “नेपाली सांकेतिक भाषा आधारभूत तालिम” सुरु भएको छ। देवानगञ्ज गाउँपालिकाको आर्थिक सहयोग र नेपाल बहिरा हित तथा संरक्षण समाज, इनरुवा सुनसरीको आयोजनामा बहिरा व्यक्तिहरूको सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्य राखेर तालिम सञ्चालन गरिएको हो। तालिमको औपचारिक उद्घाटन कार्यक्रममा गाउँपालिकाका पदाधिकारी, सामाजिक अभियन्ताहरू, तालिमका प्रशिक्षक, सहभागी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको […]

समुदायका अगुवाहरुका बिचमा अन्तरक्रिया नहुदा एकअर्कालाई हेर्ने दृष्टिकोणमा विभेद , छुवाछूत गरेको भान भएको छ । हामीले समुदायको हिसाबले कसैले कसैलाई विभेद , छुवाछूत र हेला गरेका छैनाै । तर पनि सदा मुसहरहरुले साह प्रति लक्षित गरेर विभेद , छुवाछूत र हेला गरेकाे गुनासो छ, यस्तोमा कुनै सत्यता छैन। तर पनि सदासमुदायको यस्तो भनाइ आउनु […]

सुनसरी। हरिनगर गाउँपालिका वडा नं. ७ अन्तर्गत पर्ने कविलासा गाउँमा गाउँकै पहिलो आधुनिक मेडिकल हल – हबीब मेडिकल हल – को उद्घाटन वडाध्यक्ष मुज्जमिल खानको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। पछाडि परेको गाउँको अवस्थालाई मध्यनजर गर्दै स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मेडिकल हल स्थापना गरिएकोमा वडा अध्यक्ष मुज्जमिल खानले संचालकलाई धन्यवाद दिए। उनले […]