०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

बिपी आधारभुत विद्यालयको सामाजिक परीक्षण सम्पन्न

Logo
नमो संवाददाता प्रकाशित बुधबार, पुष २५, २०८०

तस्विर : नमो अनलाईन

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका ६ को वीपी आधारभुत विद्यालयले आफ्नो बार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयले वर्षभरी गरेको कार्यक्रम, उपल्बधीहरु र देखिएका चुनौती तथा अगामि दिनमा चाल्नुपर्ने कदमको विषयमा सार्वजनिकिकरण सहित सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालयले आर्थिक आयव्यय सहित सामाजिक लेखाजोखा सहितको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको प्रधानाध्यापक ब्रहमदेव मेहताले जानकारी दिनुभयो ।

वडा अध्यक्ष हरिनन्दन मेहताको अध्यक्षतामा सम्पन्न भएको सामाजिक परीक्षण कार्यक्रममा देवनागञ्ज शिक्षा शाखा प्रमुख राजकुमार मेहता सहित सरोकारबालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा पत्रकार जयकृष्ण यादवले सामाजिक परीक्षण कार्यक्रम समुदायलाई विद्यालयसंग जोड्ने माध्यम र सुशासनको सुचक समेत भएको बताउनुभयो । यादवले विद्यालयले गरेको कार्यक्रम र शैक्षिक गुणस्तरका लागि खेलेको योगदानको प्रसंसा गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

बिराटनगर। देवानगञ्ज गाउँपालिकामा सोमबारदेखि पाँच दिने “नेपाली सांकेतिक भाषा आधारभूत तालिम” सुरु भएको छ। देवानगञ्ज गाउँपालिकाको आर्थिक सहयोग र नेपाल बहिरा हित तथा संरक्षण समाज, इनरुवा सुनसरीको आयोजनामा बहिरा व्यक्तिहरूको सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्य राखेर तालिम सञ्चालन गरिएको हो। तालिमको औपचारिक उद्घाटन कार्यक्रममा गाउँपालिकाका पदाधिकारी, सामाजिक अभियन्ताहरू, तालिमका प्रशिक्षक, सहभागी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको […]

समुदायका अगुवाहरुका बिचमा अन्तरक्रिया नहुदा एकअर्कालाई हेर्ने दृष्टिकोणमा विभेद , छुवाछूत गरेको भान भएको छ । हामीले समुदायको हिसाबले कसैले कसैलाई विभेद , छुवाछूत र हेला गरेका छैनाै । तर पनि सदा मुसहरहरुले साह प्रति लक्षित गरेर विभेद , छुवाछूत र हेला गरेकाे गुनासो छ, यस्तोमा कुनै सत्यता छैन। तर पनि सदासमुदायको यस्तो भनाइ आउनु […]