०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

बिरामी कैदीबन्दीलाई गिरीको सहयोग

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, पुष १९, २०८०

तस्विर : न्यानो लुगा वितरण गर्दै गरेको अवस्थामा गिरी

बिराटनगर । समाज सेवामा सक्रिय रहेका अभिषेक गिरिले कोसी अस्पतालमा उपचाररत कैदीबन्दीलाई कम्बल वितरण गरेका छन् । गिरिले बिहीबार आफ्नो गिरि फाउन्डेसनमार्फत कैदीबन्दीलाई जाडोमा न्यानो आभास दिलाउन कम्बल वितरण गरेका हुन् ।

मोरङ कारागारबाट उपचारका लागि कोसी अस्पतालमा भर्ना भएका कैदीबन्दी कम्बल अभावका कारण चिसोको सिकार भइरहेको गुनासो आएपछि न्यानो कम्बल वितरण गरिएको गिरिको भनाइ छ । अस्पतालमा कैदीबन्दीलाई विभेद र उपचारमा लापरबाही भइरहेकाले सबै बिरामीलाई समान व्यवहार गर्न अस्पताल प्रशासनसमक्ष आग्रह गरिएको उनले बताए ।

गिरिले पहिलो चरणमा १० जना कैदीबन्दीलाई १० थान कम्बल बाँडेका थिए । कम्बल पाएपछि कैदीबन्दीले गिरीप्रति आभार ब्यक्त गरे ।

साथै, गिरिले कोसीमा उपचाररत बिरामी कैदीबन्दीलाई उपचारमा विभेद नगर्न आग्रहसहित मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झासँग भलाकुसारी गरेका छन् । अस्पतालका बेथिति र अनियमिततालाई निराकरण गर्नेगरी काम गर्न सुझाव दिँदै उनले अस्पताल सुध्रिएमा मेसुकै नाम कहलिने उल्लेख गरे ।

गिरि पछिल्लो समय सामाजिक काममै तल्लीन देखिएका छन् । समाजसेवामै सक्रिय रहने अभिप्रायका साथ उनले गिरि फाउन्डेसनको स्थापना गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]