०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

स्वास्थ तथा शिक्षा तर्फ सवै भन्दा बढी कर तिरे वापत नोबेल मेडिकल कलेज सम्मानित

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, मंसिर ०७, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा आन्तरिक राजस्व विभागले आज एउटा कार्यक्रम गरी उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गरेको छ। गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् । स्वास्थ तथा शिक्षा तर्फ सवै भन्दा बढी कर तिरे वापत नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित बनेको छ ।

आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्प्टिलले आ. व. २०७३/७४, २०७६/७७, २०७७/७८ मा पनि स्वास्थ्य तथा शिक्षा तर्फ सवै भन्दा बढी कर तिरे वापत सम्मानित बनि सकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]